विचार

मानव सभ्यतामाथि 'आर्टिफिसियल इन्टेलिजेन्सी' को चुनौती

मानव सभ्यतामाथि 'आर्टिफिसियल इन्टेलिजेन्सी' को चुनौती
  • अभिषेक पौडेल

मानिसको बुद्धिले गर्ने काम अब यन्त्रहरूले गर्न थालेका छन् । मानव मस्तिस्कले जस्तै आफैँ सिक्दै जाने खालका प्रविधिको विकास गरिँदै छ। जसलाई कृतिम बुद्धि अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सी 'एआइ' भनिन्छ। यो प्रविधि जडित हार्डवरको क्रमिक विकास गरिँदै छ । यस्ता हार्डवरहरूले व्यवहार क्रमशः सिक्दै जान्छन् र कालान्तरमा त्यस्तै प्रकृतिको प्रतिक्रिया दिन्छन् ।

एआइले मानवको बुद्धिले जस्तै काम गर्ने, दृष्यहरूको मूल्यांकन गर्ने भाषा छनोट गर्ने, भाषालाई अनुवाद गर्नेलगायत सिद्धानका आधारमा कम्प्युटर तथा मोबाइल फोनलगायतका विभिन्न अत्याधुनिक प्रविधिमा प्रयोग गरिने क्रम बढेको छ। सन् १९५० को दशकमा यो प्रविधिको विकास गरिएको हो। विज्ञहरू यसलाई निरन्तर परिस्कृत गर्दै लजाने विषयमा अध्ययन अनुसन्धान गरिरहेका छन्। धेरै विषयहरूमा सफलतासमेत प्राप्त भएको छ।

पछिलो समय एआइमा आधारित सफ्टवर निर्माण गर्न क्रम बढेको छ। मौसम पूर्वानुमान, हवाइ क्षेत्र, बैंकिङ क्षेत्र, रोबोटिक क्षेत्रलगायतमा यो प्रविधिको प्रयोग बढेको छ। केही दिनअघिमात्रै आएको एउटा समाचारमा बेलायतले बैंकहरूका लागि एआइ सफट्वर निर्माण गरेको बताइएको थियो। ठूला-ठूला घोटाला तथा मनिलन्डरिङबाट सुरक्षित हुनका लागि यस्तो प्रविधिको विकास गरिएको बेलायती अधिकारीहरूले दाबी गरेका छन्।

यो प्रविधि मानव मस्तिकले जस्तै जिक्दै जाने हुन्छ। यो प्राकृतिक नभएर कृतिम हो। डाटाहरूको संग्रहहरूको अध्ययन गरेर सिक्दै जाने र पछि युजरको चाहनाअनुसार व्यहवार देखाउँदै जाने क्षमताको विकास हुँदै जान्छ। पछिल्ला दिनमा यसलाई मानव मस्तिस्कले भन्दा पनि राम्रो उत्पादन दिने गरी विकास गरिँदै छ। 

अहिले यसको नकारात्मकको प्रभावका बारेमा पनि सवाल उठिरहेको छ। ‘मानव सभ्यता’ लाई चुनौति दिने अविष्कारका रूपमा समेत हेर्न थालेका छन्
। मानिस जस्तै सोच्ने, व्यवाहर प्रदर्शन गर्ने, तर्क र विचारप्रति सम्वेदनशील हुने, कुनै पनि तथ्यलाई बुझेर आफ्नो प्रतिक्रिया तत्काल दिने गरि विकसित गरिएकाले धेरैले यसबाट कालान्तरमा मानव सभ्यतामाथि नै खतरा पर्न सक्ने चिन्ता प्रविधिक जगतमा व्यक्त गरिँदैछ। कतिपयले एआइका कारण विश्वबजारमा बेरोजगारको संख्या बढ्ने टिप्पणी गरेका छन्। किनकि एआइमा आधारित प्रविधिले मानव मस्तिस्कले भन्दा १०० गुणा राम्रो काम गर्ने सक्छ।

केही आलोचकले भने ‘एआई’ का कारण विश्वभर बेरोजगारी बढ्ने दाबी गरेका छन् । यसका पक्षपातीहरूले ‘एआइ’ले मानवीय कार्यलाई धेरै सुविधायुक्त बनाइ बताउँछन्। किनभने सय वटा मानव मस्तिष्कको काम एउटै कम्प्युटरको सफ्टवेयर मार्फत गर्न सकिन्छ । मानिसभन्दा पनि कयौ गुणा बढी कार्यक्षमताका आधारमा यो प्रणाली काम गर्ने भएकाले नियन्त्रित गर्न नसकेको अवस्थामा मानव सभ्यतालाई नै समाप्त पार्न सक्ने चिन्ता समेत केही प्राविधिक विज्ञहरूको छ । यसको फाइदा जति छ, हानी पनि उस्तै रहेको निष्कर्ष समेत केहीको छ ।

टेस्ला स्पेक्सएक्सका संस्थापक ऐलन मास्कले एआइले विश्वलाई खतरा हुन सक्ने अभिव्यक्ति दिएका छन्। उनको जस्तै विचार राख्नेहरूले पनि एआइलाई घातक प्रविधिका रूपमा लिन्छन्। एआइ प्रविधिको विकासले मानव सभ्यतामाथि जोखिम मोल्न खोजिएको धारणा राख्छन्। यसको विकासबारे पुनर्विचार गर्नु पर्ने उनीहरूको धारणा छ। पछिलो समय सामाजिक सञ्जाल निर्माता कम्पनीहरूले एआइ व्यापक प्रयोग गर्ने गरेका छन्। आलोचकहरूको चिन्ताप्रति सामाजिक सञ्चाल मध्येका एक फेसबुकका संस्थापक मार्क जुकरवर्गले उनीहरूको प्रतिक्रियालाई गैर जिम्मेवारी अभिव्यक्तिको संघा दिन्छन्।

एआइ प्रविधि मानव सभ्यता
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।