विचार

राहत त एक वहाना, सामाजिक सञ्जाल रंग्याउने चाहना 

पूूर्ण ओली

राहत त एक वहाना, सामाजिक सञ्जाल रंग्याउने चाहना 

गत हप्ता आइतवार राति बारा र पर्सामा भीषण आँधिबेहरी र भुुंमरीसहित आएको प्रकोपले धनजनमा ठूलो क्षति पुु¥यायो । सरकारका अंगहरु शुुरक्षा सेना र प्रशासनले  पीडितलाई राहत दिने प्रयास गरे । प्रधानमन्त्री, मन्त्री तथा विपक्ष दलका नेतासमेत पुुगेर पीडित जनतालाई आश्वासन बाँडे । धेरैजसो केही बोरा चामल, चाउचाउ र बिस्कुट बोकेर पुुगे । यसको पनि सामाजिक संजालमा खुुबै  प्रचार गरियो ।

 

 जनतालाई परेको बेलामा सहयोग गर्न सक्नु नै त्यो सच्चा सहयोग र परोपकार हो । तर ठूला दलका लाखौ कार्यकर्तालगायत संघसंस्थाहरु बिपत परेका जनतालाई सहयोगमा भन्दा प्रचारमा बढि उत्रिए । सायद चुनाब प्रचारमा भए प्रशस्त कार्यकर्ताहरु खटिन्थे होलान् । मानवीय सहायताको कार्यमा सहयोग गर्दा खासै केही प्राप्त नहुने भएपछि दलका कार्यकर्ता किन जान्थे र । सुुबिधा र ओहोदामात्र खोज्ने कार्यकर्ता र नेताको वरिपरि परिक्रमा लगाउनेमा रमाउनेहरु दुुःख गर्न किन दौडिन्छन् र ? 

 

    भारतको उत्तर पूूर्बी राज्य मिजोरममा धेरै समयसम्म बिद्रोह चल्यो । पछि ती बिद्रोही नेता लालडेन्गा मुुख्यमन्त्री बने । एकपटक मिजोरमा अनिकाल तथा झाडापखालाको महामारी फैलिएको थियो । त्यसबेला सरकारबाट समयमा सहयोग भएन । त्यतिखेर केही युुवा स्वयंसेवकहरुले ती पीडित जनतालाई आपत्कालीन सहयोग पुुर्‍याए । त्यसबाट ती जनताको मन जित्न सफल भएका थिए – नेता लालडेन्गा । त्यहि भएर जनताको सहयोग पाएर जनताको पक्षमा बिद्रोह गर्न सफल भए । त्यतिखेर भारत सरकारलाई बिद्रोह नियन्त्रण गर्न निकै बर्ष लाग्यो । पछि इन्दीरा गान्धीले  मिजो नेसनल फ्रन्टका नेता लालडेन्गासंग बार्तागरी उनी शान्ति कायम गर्न सफल भइन् र उनी मुुख्यमन्त्रीसमेत भए । अर्थात जनतालाई परेको बेलामा सहयोग गर्नेले मात्र जनताको मन जित्न सक्छ । शक्तिको आडमा कसैलाई फकाएर तर्साएर केहि समर्थन लिनु त्यो क्षणिकमात्र हुुनेछ । 

 

    प्रायः सबै दलका कार्यकर्ता सत्ताको वरिपरि बसेर निजी फाइदा लिनमा बढि तल्लीन देखिन्छन् । नेता पनि आफ्ना वरिपरि बस्ने कार्यकर्ता र चाकडीवाजलाई मात्र बढि बिश्वास गर्ने र सुुविधायुक्त स्थानमा नियुुक्त गर्ने सहुुलियत प्रदान गर्नमा आफ्नो महानता ठान्छन् । तिनै कार्यकर्ता केही समय सत्ताका केन्द्रबाट  बाहिरिनुु परेमा उनीहरु नेताप्रति आक्रोशित हुुन थाल्नेछन् । यस्ता कार्यकर्ताभन्दा अनुुशासित र कर्मयोगी कार्यकर्ता बनाउन हामी किन प्रयास गर्दैनौ ? किनकी प्रमुख नेताहरु नै सुख सुुबिधामा रमाउन चाहन्छन् ।

 

 सरकारका सबै मेसिनरीहरु यस्तै गरेर केन्द्रमा बस्ने नेताको चाकडीमा लाग्ने र सुुख सुुबिधामा बसेर पैसा कमाउने पटिमात्र लाग्दैछन् । सबै किसिमका बिज्ञ भएको सडक बिभागले बनाउने सडकहरु, फास्ट ट्रयाक जस्तो महत्वपूूर्ण सडक सेनालाई नै किन दिइन्छ ? किनकी सेनाले चुपचापसंँग दिएको जिम्मेवारी समयमा पूरा गर्छ ।  भैचालो या बाढीपीडितहरु कुनै किसिमका दैवीप्रकोपमा पहिलो लिस्टमा नै सेना र बाँकी सुरक्षा अंग नै अघि बढ्ने गर्छन् । बाँकी सबै रमिते हुने गर्छन् । अपवादका रुपमा केही संस्थाहरु यस्ता सामाजिक कार्यमा नलाग्ने होइनन् तर ती नगण्य नै हुुन्छन् ।

 

 अहिले बारा पर्साका हुुरी बतासमा पीडित जनताका घर बनाउने कार्यसमेत सेनालाई जिम्मा लगाइएको छ । सरकारको लागि सजिलो कार्य नै सेनालाई आदेश दिनु हो । यसपछि सरकारको जिम्मेवारी सकियो । सेनाका अरु महत्वपूूर्ण जिम्मेवारीमा बाधा पर्ने कुरा सरकारले मनन् गर्न सकेको छैन । सरकारका सबै अंगलाई आआफ्नो जिम्मेवारी समयमा पूरा गर्न लाउने हो भने पहिला आफ्ना कार्यकर्ता र भातृसंगठनलाई अनुुशासित र कर्मयोगी बनाउनु पर्‍यो । दलका कार्यकर्तालाई कमिसन र चन्दा उठाउनेमा मात्र पोख्त नबनाई अनुुशासीत बनाएर आफ्नो सीपको कमाइ खानयोग्य बनाउन आबश्यक छ ।

 

 यदि सेनाको अनुुशासन सिकाउन तालिमको केही झलक दिने हो भने ६ महिना सैनिक तालिम दिने नीति पास गर्न अहिलेको कम्युनिष्ट सरकारले हिम्मत गर्नुपर्छ । यसबाट युुवाहरु बढि अनुुशासीत र लगनशील हुनेछन् ।  कामचोर र चाकडीवाजभन्दा इमान्दार र राष्ट्रप्रेमी कायकर्ता  राम्रा होइनन् र  ? 

माओवादी   द्वन्दको समयमा कार्यकर्तालाई लुुट्न पिट्न र मार्नमात्र सिकाइयो । यदि तिनै कार्यकर्तालाई समाजप्रति उत्तरदायी बनाइ सिर्जनशील बनाउन सकेको भए आज उनीहरुले आफै गरिखाने हुन्थे । यसरी युुवाहरु बिदेसिने संख्या पनि कम हुँदै जान्थ्यो । युुवाहरुले रोजगारीका बाटाहरु आफैं बनाउन थाल्ने थिए । सरकारको काम भनेको सही नीति बनाएर युुवाहरुलाई सही बाटो देखाउने होइन र ? त्यसैले अहिलेको बलियो सरकारले  कार्यकर्तालाई आफ्नै सीपमा गरिखाने बनाएर सहि बाटो देखाएर राम्रो उदाहरण दिंदा कसो होला प्रधानमन्त्रीज्यू ?