समाचार अर्थ ओटोमोबाइल देश

सवारी साधनको ट्याक्स बढाएसँगै सरकारले सडकको पनि ट्याक्स बढायो, कुन सडक प्रयोग गरेबापत कति तिर्नु पर्ने ?

सवारी साधनको ट्याक्स बढाएसँगै सरकारले सडकको पनि ट्याक्स बढायो, कुन सडक प्रयोग गरेबापत कति तिर्नु पर्ने ?

काठमाडौं । चालुआर्थिक वर्षको बजेटसँगै सवारी साधनको भन्सार शुल्क बढाएको सरकारले सडक शुल्क(रोड ट्याक्स) समेत बढाएको छ । सडकको चाप र स्थानको आधारमा सरकारले सडक दस्तुर वृद्धि गरेको हो । 

 

योसँगै अब सडक प्रयोग गरेवापत सवारी धनिले पहिले वार्षिक तिर्दै आएको सडक दस्तुर भन्दा बढि दस्तुर तिर्नुपर्ने भएको छ । 

 

चैत १४ गते बसेको मन्त्रिपरिषदको बैठकले साना र ठूला सवारी साधनले सडक प्रयोग गरेपवापत तिर्नुपर्ने दस्तुर वृद्धि गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

 

कुन सडक/रुटका लागि कति दस्तुर लाग्ने ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाका अनुसार हेटौंडा नारायणगढसम्मको लागि ठूला सवारी साधन (बस, मिनिबस, ट्रक र हेवी मेसिन इक्वीपमेन्ट) का लागि एक सय रुपैयाँ कायम गरिएको छ ।

सोही सडकका लागि साना सवारीसाधन (कार, जिप, पिकअप भ्यान र ट्रयाक्टर) का लागि ४० रुपैयाँ र तीन पांग्रे टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ दस्तुर तोकिएको छ ।

 

त्यस्तै, नारायणघाट बुटवल खण्डका लागि बस, मिनिबस, ट्रक र हेवी मेसिन इक्वीपमेन्टका लागि १३०, कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरका लागि ६० रुपैयाँ र तीन पांग्रे टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ कायम गरिएको छ । 

 

नौविसे मुग्लिङ सडक खण्डको लागि ठूला सवारी साधनका लागि १२० र साना सवारीका लागि ५० कायम गरिएको छ । काकडभिट्टा दमकका लागि ठूला सवारीका लागि ७५, सानाका लागि ३० रुपैयाँ सडक दस्तुर तोकिएको छ ।

 

दमक इटहरीका लागि ठूला सवारीका लागि १२५, सानाका लागि ५०, विराटनगर धरानका लागि ठूला सवारीका लागि ७०, सानाका लागि २५ रुपैयाँ, कोशी जैहरुवाका लागि ठूलाका लागि १४०, सानाका लागि ५५ रुपैयाँ दस्तुर तोकिएको छ ।

जैहरुवा पथलैयाका लागि ठूला सवारीका १२५, सानाका लागि ८५, हेटौंडा विरगञ्जका लागि ठूला सवारीका लागि ८५, सानाका लागि ५०, विरगञ्ज पथलैयाका लागि ठूला सवारीका लागि ५० सानाका लागि २० र टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ कायम गरिएको छ ।

 

धुलिखेल खुर्कोटका लागि ठूला सवारीका लागि १२५, सानाका लागि ५० र टेम्पु र मोटरसाइकलको लागि १५ रुपैयाँ कायम गरिएको छ ।

खुर्कोट, सिन्धुली र बर्दिबाससम्मको लागि ठूलाका लागि ११५, सानाका लागि ४५ र टेम्पु र मोटरसाइकलको लागि १५ तथा पाँचखाल मेलम्चीका लागि ठूला सवारीका लागि ५०, सानाका लागि १५ र टेम्पु र मोटरसाइकलको लागि ५ रुपैयाँ कायम गरिएको छ ।

सडक तथा यातायात मन्त्रालय