अर्थ कर्पोरेट

बीमक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः पाण्डे 

बीमक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः पाण्डे 

काठमाडौं । नेपाल बीमक संघले नयाँ कार्यसमिति चयन गर्न गरेको छ। संघको बिहिबार सम्पन्न विशेष साधारण सभाले पुनः दीप प्रकाश पाण्डेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पाण्डेलाई संघले दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो। 

 

यस्तै संघको उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नुरप्रताप प्रधान, सचिवमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ चयन भएका छन् ।

 

त्यसैगरी संघको कार्यसमिति सदस्यमा सुनिल बल्लव पन्त, सन्चित बर्जाचार्य, कुमार बहादुर खत्री, सुवोध लाल श्रेष्ठ चयन भएका छन् ।

नेपाल बीमक संघ
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।