समाचार अपराध सुरक्षा ओटोमोबाइल

रोकिएन टिप्पर आतंक, मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

रोकिएन टिप्पर आतंक, मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाण्डौं । राजधानीमा टिप्परको ठक्करबाट फेरी एक जनाको मृत्यु भएको छ ।

काठमाडौको जडिबुटीमा बुधबार दिउँसो बा २ ख ६७८२ नम्बरको टिप्परले बा ८३ प १७९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु तौलिहवाका राजेन्द्र आचार्यको मृत्यु भएको हो ।

 

चालक आचार्यको घटना स्थलमैज्यान गएको प्रहरीले जनाएको छ । 

अहिले घटना स्थलबाट ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी क्षत्रिए प्रहरी कार्यालय कोटेश्वरले जनाएको छ ।

सडक दुर्घटना