समाचार स्वास्थ्य ताजा खबर देश प्रदेश ६

रुख ढल्दा स्काभेटर कर्णालीमा खस्यो, चालक गम्भिर घाईते

रुख ढल्दा स्काभेटर कर्णालीमा खस्यो, चालक गम्भिर घाईते

काठमाडौं । सडक निर्माणका क्रममा रुख ढलेर स्काभेटर कर्णाली नदीमा खसेको छ । कर्णाली करिडोरको खार्पु सुनखाडा खण्डको याङ्चु बगरस्थि घुमाउनेमा सडक निर्माणका क्रममा माथिबाट रुख ढल्दा स्काभेटर कर्णाली नदीमा खसेको हो । 

उक्त दुर्घटनामा परि स्काभेटर चालक बिष्णु बुढा गम्भिर घाईते भएका छन् ।

 

सडक निर्माण गरि रहेको अबस्थामा माथि पट्टीको रुख ढलेर स्काभेटर माथि पर्दा चालक सहित स्काभेटर कर्णाली नदीमा खसेको प्रत्यक्षदर्सी खार्पुनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्र शाहीले बताएका छन् । 

‘हेर्दा हेर्दै माथिबाट रुख ढलेर स्काभेटर माथि बजारियो । चालक सहित स्काभेटर कर्णालीमा डुब्यो ।’ उनले भने, ‘धन्न चालक बाच्न सफल भए ।’

घाईते चालकको टाउको र हातमा चोट लागेको छ । अहिले उनको जिल्ला अस्पताल सिमिकोटमा उपचार भैरहेको छ ।