मनोरञ्जन

लग्जरियस कार छोडेर अटोमा यात्रा गर्दै सारा अलि खान, भिडियो भाइरल

लग्जरियस कार छोडेर अटोमा यात्रा गर्दै सारा अलि खान, भिडियो भाइरल

बलिउड अभिनेत्री सारा अली खानलाई जति सुन्दरता र अभिनयका कारण मन पराइन्छ त्योभन्दा बढी उनी आफ्नो चुलबुलेपनका कारण पनि चर्चिच छन्।

पछिल्ला दिनमा पनि उनको एउटा भिडियो भाइरल भएको छ। साथै फ्यानहरूले उनको उक्त भिडियो तीव्र रूपमा शेयर गरिरहेका छन्।

स्रेलिब्रेटी भएपछि कति फन्नी छन् भन्ने त सबैलाई थाहा भएकै कुरा हो। अझ धेरै उनी खुल्ला हृदयकी पनि छन्। यदि सारा अटो रिक्सामा कतै भेटिइन् भने अचम्म मान्नु पर्दैन। किनकि उनी अटो रिक्सामा यात्रा गर्नका लागि रत्ती भर हिचकिचाउँदिनन्।

यसैबीच एउटा वर्कआउट सेसनका लागि अटो रिक्सामा जाँदै गरेको भेटिइन्। सारालाई बान्द्रामा सेलिब्रेटी इस्टाइलिस्ट तान्या घावरीसँग अटोबाट बाहिर निस्किँदै गरेको भेटिएको थियो। भाइल भएको भिडियोमा तान्यले अटोरिक्सा चालकसँग फिर्तापैसा लिँदै गरेको देखिएको छ।

उनी अटो रिक्सामा यात्रा गरेको यो पहिलो घटना भने होइन। यसअघि पनि उनी अनन्या पाण्डेयसँग अटोमा यात्रा गरिरहेको भेटिएकी थिइन्। मिडियाबाट बच्नका लागि दुवैले आफ्नो अनुहार छोपेका थिए।

फिल्मको कुरा गर्दा, सिम्बाकी एक्ट्रेस सारा अली खान इम्तियाज अलिको फिल्म लव आजकल-२ मा कार्तिक आर्यनसँग देखिँदै छिन्। यस फिल्मको सुटिङको केही भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका थिए।

">

सारा अलि खान