अन्तरवार्ता भिडियो कभर स्टोरी

सरकार–राप्रपा वार्ता :  राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा तुहाउने षडयन्त्र 

सरकार–राप्रपा वार्ता :  राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा तुहाउने षडयन्त्र 

अहिले बजारमा एउटा हाँसोको बिषय छ– कमल थापा नेतृत्वको राप्रपा र सरकारबीचको वार्ता । 

 


पहिलो चरणको वार्ता सकिएको छ र दोस्रो वार्ताको तयारी भैरहेको छ । यो वार्ता के का लागि ? सामान्य एक नागरिकको मनमा केही प्रश्न उठेकाछन् । 

  •  राजसंस्था र हिन्दू राष्ट्र फर्काउने बिषयमा सरकार वार्ता किन गर्दैछ ? 
  •  
  •  के सरकारले राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डालाई मान्यता दिएको हो ? 
  •  
  •  हिन्दू धर्म र राजसंस्थाको बिषय बिधानमा राखेपछि संविधान विपरित भन्दै निर्वाचन आयोगमा पार्टी दर्ता नहुने, तर सरकारले चाहिं वार्ता गर्ने ? 
  •  
  •  कमल थापा र प्रधानमन्त्री केपी ओलीबीच साँठगाँठ छ । हिजो सरकारमा पनि संगै थिए । हिन्दू राष्ट्र र राजसंस्थाको बिषय बिधिवतः रुपमा समाप्त गर्न वार्ताको नाटक हो ? 

 

यी प्रश्नको उत्तर आएको छैन । सरकार र राप्रपा दुवै आफू अनुकुल जवाफ दिइरहेका छन् । उनीहरुले दिएको जवाफ पत्याउनु पनि मुर्खता हुनेछ, किनभने ढाँटछलको राजनीतिको इतिहास दुवै पक्षको छ । 

 


पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच एकतापछि बनेको राप्रपा संयुक्तका नेता तारानाथ लुँइटेलका अनुसार सरकारले बिधिवतरुपमा राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा तुहाउन वार्ता गरिहेको छ । 

 

">
राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरुमा यो संविधानलाई उत्कृष्ट संविधान भन्दै बखान गरेको, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा साक्षी बसेको जस्ता कुराले थापामाथि शंका गर्ने ठाउँ प्रशस्त छ । उनी राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डामा इमान्दार छन् भन्ने कुरा उनकै पार्टी भित्र शंका छ । 

 


नेता थापाले रथयात्राको नाममा गरेको मेची महाकाली अभियान नौटंकी मात्र भएको टिप्पणी गरे । यस्ता नौटंकीले मुलुकमा परिवर्तन नहुने लुँइटेलको दाबी छ । 

 


तथापी, मुलुकमा राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापना नहुने हो भने मुलुक संकटमा पर्नेछ । मुलुकको अस्तित्व नै समाप्त हुनेछ । यसका लागि के प्रजातान्त्रिक, के बामपन्थी सबै शक्तिहरुले आपसमा मिलेर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको खारेज गर्नु अनिवार्य रहेको नेता लुँइटेल बताउँछन् ।

 

 ">
राप्रपा संयुक्तको मुख्य उद्देश्य नै राजसंस्था, हिन्दू राष्ट्रको पुनस्र्थापनासंगै संघीयताको ठाउँमा विकेन्द्रीकरणको व्यवस्था गर्ने भएको लुँइटेलको स्पष्टोक्ति छ । उनले अध्यक्ष राणा र लोहनीको नेतृत्वमा नै मुलुकले राजनीतिक काचुली फेर्ने दाबी गरे । अध्यक्ष राणा र लोहनी बाहेक नेपालका राजनीतिक दल भित्र निष्कलंक नेता पाउन मुश्किल भएको जनाउँदै लुँइटेलले भने, ‘ हामी ३० लाख जनता सडकमा उताछौं, जनदबाबमा संविधान फेरेर हिन्दू राष्ट्र र राजसंस्था कायम गरेर छोड्छौं । ’

 


‘प्रधानमन्त्री केपी ओलीसंगै सरकारका प्रवक्ता गोकुल बास्कोटा र मन्त्री इस्तियाक रायले राजसंस्थाको अभियानबिरुद्ध अभिव्यक्ति दिंदै धम्काउने काम गरेका छन् । जुन संविधानको जगमा बसेर राज्यश्रोतको दोहन गरिरहेका छन्, त्यही संविधानको व्यवस्था बमोजिम गतिविधि गरिरहेका दल र तीनका नेताहरुलाई धम्काउन लाज लाग्दैन ?’ लुँइटेल प्रश्न गर्छन् । 

 


आतंकवादीको आँखा श्रीलंकाहुँदै दक्षिण एशियामा पनि प्रवेश गरिसकेकाले नेपालमा पनि त्यस्तै आक्रमण हुने सम्भावना छ । नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल गर्ने भूमीकारुपमा विकसित भैरहेकाले सरकार र सुरक्षा संयन्त्र निकै सजग हुनुपर्ने हुन्छ । 

 


‘ हाम्रा प्रधानमन्त्री ओली, सो पार्टीका वरिष्ठ नेताहरु होली वाइन खानमै व्यस्त छन् । यसले धार्मिक युद्ध र आतंकवादी आक्रमणको सम्भावनालाई झन बढाएको छ । बेलेमा ध्यान नपुर्याए हाम्रो अनिष्ट टर्ने छैन । ’ लुँइटेल बताउँछन्  ।

">

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।