अर्थ शेयर कर्पोरेट

नेपाल लाईफले डाक्यो १९औं साधारण सभा, शेयर धनिले पाउने भए ४८ प्रतिशत लाभांस

नेपाल लाईफले डाक्यो १९औं साधारण सभा, शेयर धनिले पाउने भए ४८ प्रतिशत लाभांस

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो १९औं साधारण सभा डाकेको छ ।   इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबार होटल दियालो वीरगञ्जमा सभा डाकेको हो । 


वीरगञ्जमा आयोजना गरिने इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा आर्थिक वर्ष २०७४/७५ मा बीमा कम्पनीमध्येकै पहिलो साधारण सभा हुने भएको छ । 

नेपाल लाईफले १९ औं वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैशाख १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने मिति निर्धारण गरेको छ। 

 

यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात बैशाख १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै गत आर्थिक वर्षको लाभांश पाउनेछन्।

साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २५ प्रतिशत बोनस र २३.५० नगद लाभांश गरि कूल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने भएको छ।

नेपाल लाइफ इन्स्योरेन्स