प्रधानमन्त्रीनिवास विस्तार गर्न खोज्दा ललितानिवास भूमाफियाको कब्जामा परेको थाहा भयो 

प्रधानमन्त्रीनिवास विस्तार गर्न खोज्दा ललितानिवास भूमाफियाको कब्जामा परेको थाहा भयो 

काठमाडौं । एउटा उद्देश्यका लागि खोजी–निन्दा गर्‍यो, परिणाम अर्को हात लाग्ने । बालुवाटार घटनामा भएको यस्तै हो । विरोधीहरुले आफ्नै पार्टीका महासचिवको बद्नाम गर्लान् भनेर होइन, प्रधानमन्त्रीनिवास साँघुरोभयो, क्षेत्रफल विस्तार गर्नुपर्छ भनेर कदमअगाडि सारिँदा परिणाम त्यस्तो निस्किएको हो । 


बालुवाटारमा स्वयं प्रधानमन्त्री बस्ने निवास लथालिंङ, भद्रगोल छ । साँघुरो भौतिक संरचनाका कारण गोपनियता भन्ने एक सिन्को कायम नहुने । यसपछि प्रधानमन्त्रीको शयनकक्ष, बैठक र कार्यकक्षसहितको अलग्गै भवन बनाउने भनी नक्सांकन भयो । तर, अहिले बालुवाटर अवस्थित क्षेत्रफलभित्रै त्यस्तो भवन बनाउँदा कम्पाउण्ड खुम्चिने र शो पनि हराउने भयो ।

 

यसपछि सँगै जोेडिएको नेपाल राष्ट्र बैंकपछाडि रहेको खाली जमिनमा प्रधानमन्त्रीनिवासको आँखा लाग्यो । बुझ्दै जाँदा थाहा लाग्यो, त्यो सरकारी जमिन नभएर व्यक्तिहको स्वामीत्वमा छ । प्रधानमन्त्रीनिवासले योजना पनि बनायो, जस–जसले स्वामीत्वमा भए पनि त्यहाँको कम्तिमा पाँच रोपनी जमिन खरिद गर्ने । निवाससहित हेलिप्याण्ड पनि बनाउनुपर्ने कारण त्यस्तो गर्न लागिएको थियो । तर, जग्गाधनीबारे बुझ्दै जाँदा पत्ता लाग्यो, ठूलै बदमासीमा परेको जमिन रहेछ त्यो । 
जनआस्था साप्ताहिकबाट 

संम्बधित खबर