मुख्य समाचार

बिहानै तर्साउने गरी दुई भूकम्प, पहिलो ५.२ को, दोस्रो ४.३ 

बिहानै तर्साउने गरी दुई भूकम्प, पहिलो ५.२ को, दोस्रो ४.३ 

काठमाडौं । धादिङ केन्द्रविन्दु बनाएर बुधबार बिहानै दुई पटक भूकम्प गएको छ । 

 

भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेट जाँदा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । लगत्तै धादिङलाई नै केन्द्रविन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । 

यो गोर्खा भूकम्पकै पराकम्पन हो । 

७२ साल वैशाख १२ गते गोर्खा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी करिब ७ हजार मानिसको ज्यान गएको थियो । सोही भूकम्पको पराकम्पन अझै पनि आइरहेको छ ।