विदेश

मतदानपछि नरेन्द्र मोदीको तस्वीर भाइरल

मतदानपछि नरेन्द्र मोदीको तस्वीर भाइरल

काठमाडौं । भारतका विभिन्न राज्यमा मङ्गलवार तेस्रो चरणको मतदान सम्पन्न भएको छ।

 

१४ राज्य तथा केन्द्रशासित स्थानमा गरेर कुल ११५ संसदीय क्षेत्रमा निर्वाचन सम्पन्न भएको यस चरणमा भारतीय प्रधानमन्त्री मोदीले पनि मतदान गरेका छन् । गुजरातमा भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले गृहराज्य गुजरातमा मतदान गरेपछि उनको तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ ।

मतदानपछि मोदीले आईईडी (सुधारिएको विस्फोटक उपकरण) भन्दा शक्तिशाली नागरिकको मतादाता परिचय पत्र रहेको र सबैले यसको महत्व बुझ्नुपर्ने बताएका थिए । कूल ५४३ लोकसभा सिटका लागि भारतमा ७ चरणमा निर्वाचन भइरहेको छ। मे १९ मा अन्तिम चरणको मतदान सकिएपछि मे २३ मा मतगणना हुनेछ। यो चुनावलाई प्रधानमन्त्री मोदीप्रति जनमत संग्रहको रूपमा पनि हेरिएको छ।