मनोरञ्जन

म्यूजिक भिडियोमा झल्कियो भाइरल उजेलीको बालविवाहको कथा(भिडियो सहित) 

म्यूजिक भिडियोमा झल्कियो भाइरल उजेलीको बालविवाहको कथा(भिडियो सहित) 

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल उजेलीको पहिलो म्यूजिक भिडियो रिलिज भएको छ । २८ वर्षपछि उनलाई भिडियोमा देखिएको हो । 

युनिसेफले बालविवाहको विरुद्धमा बनाएको चेतनामुलक टेलिसिरियलमा बालकलाकारको रुपमा देखिएकी थिइन् उजेली । सन् १९९२ मा बनेको उक्त टेलिचलचित्रलाई दीपेन्द्र गौचनले निर्देशक गरेका थिए । विभिन्न अवार्ड प्राप्त उक्त टेलिचलचित्र संसारभरका २० वटा भन्दा बढी टेलिभिजन च्यानलहरुबाट प्रशारण भएको थियो । 

एकाएक फेसबुकमा उक्त टेलिसिरियलको भिडियो भाइरल भयो । उजेलीको खोजी त्यहीँबाट सुरु भयो । त्यसपछि अन्तर्वार्ताहरुमा छाएकी उजेलीको अहिले नयाँ म्युजिक भिडियो आएको छ । उक्त म्युजिक भिडियो उनकै कथामा आधारित रहेको बताइन्छ । 

भिडियोमा शब्द संगीत दीपक शर्माको छ भने बिन्दु परियारले आवाज दिएकी छिन् । भिडियोलाई राज खड्काले निर्देशन गरेका हुन् । गीतमा सानै उमेरमा विवाह गरेकी उजेलीको भोगाई दर्शाइएको छ ।  
">

उजेली दीपेन्द्र गौचन
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।