मनोरञ्जन

‘भोइस अफ चाइना’ मा नेपाली प्रतिभा  

‘भोइस अफ चाइना’ मा नेपाली प्रतिभा  

काठमाडौं । भारतीय रियालिटी शोमा नेपाली नागरिकको सहभागिता अब पुरानोजस्तै भइसक्यो । यतिबेला यी युवा भने ‘भोइस अफ चाइना’ मा पुगेका छन् । 
उनी हुन् काठमाडौंका  सुजन श्रेष्ठ । आफ्नो यूट्यूब च्यानलमा भिडियो राख्दै श्रेष्ठले यसबारे जानकारी दिएका हुन् । 

नेपाली प्रतिस्पर्धीको नाताले ‘भोइस अफ चाइना’ मा संघर्ष गरिरहेका सुजनले नेपाली दर्शकको साथ र सहयोगको लागि अपिल गरेका छन् । 

हालै भएको ‘सिल्क रोड — वान बेल्ट वान रोड’ म्यूजिक कम्पिटिसनमा पनि सुजनले दोस्रो स्थान हासिल गर्न सफल भए । ७२ देशले सहभागिता जनाएको उक्त प्रतिस्पर्धामा ५०० जना भन्दा बढी प्रतिस्पर्धीमध्ये सुजनले नेपालको प्रतिनिधित्व गरेका थिए । 

">

‘भोइस अफ चाइना’ नेपाली प्रतिस्पर्धी  सुजन श्रेष्ठ
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।