मनोरञ्जन

आफ्नै कार्टुनले राखी सावन्त फेरि भइन् ट्रोल

आफ्नै कार्टुनले राखी सावन्त फेरि भइन् ट्रोल

अभिनेत्री तथा डान्सर राखी सावन्त प्राय आफ्नै कारणले चर्चामा रहिरहन्छिन्। उनले हरेक मुद्दामाथि आफ्नो राय दिने गर्छिन्। कमेन्टदेखि आफ्नो राजनीतिक पार्टी बनाउनेसम्म उनले मिडियाको ध्यान आफूतिर खचिन्। हालैमा उनले इन्स्टाग्राममा आफ्नो कार्टुन शेयर गरेकी छन्। त्यसपछि उनका फ्यानले उनलाई ट्रोल गरेका छन्।

उनले एकसाथ आफूजस्तै देखिने दुई कार्टुन इन्स्टाग्राम शेयर गरेकी छन्। राखीका यी तस्बिरमा युजरले फरकफरक प्रकारका कमेन्ट गरेका छन्। एक युजरले राखी तिम्रो वास्तविक रूप नै यो हो भनेर कमेन्ट गरेका छन्।

राखीले प्राय सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरू शेयर गर्ने गर्छिन्। राखी केही आफ्नो विवाह त कहिले आफ्नो टिप्पणका कारण चर्चामा रहन्छिन्।  तर मानिसहरूले उनलाई कुन नजरले हेर्छन् त्यसप्रति उनको कुनै वास्ता हुँदैन।

राखी सावन्त कार्टुन
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।