समाचार सम्पादकीय

तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै माइक्रोफाइनान्स, नाफा मात्र सवा करोड

तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै माइक्रोफाइनान्स, नाफा मात्र सवा करोड

काठमाडौं । एनएमबि माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा मात्र एनएमबिले १ करोड १४ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको जारि प्रतिवेदनले देखाएको छ । बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 

माइक्रोफाइनान्सले ३ करोड ३२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आम्दानी गरेको वित्तीय विवरण प्रकाशन गरेको हो । यो नाफा गत वर्षको यहि अवधिको तुलनामा १ करोड १४ लाख ७४ हजार रुपैयाँले बढी हो । गत वर्ष २ करोड १८ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

 

माइक्रोफाइनान्सले ९६ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७९ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै १ अर्ब ८७ करोड २० लाख रुपैयाँ सापटि लिएको छ ।

 

माइक्रोफाइनान्सले यस अवधिमा खुद ब्याज आम्दानी १४ करोड ३० लाख रुपैयाँ गरेको छ । यो गत बर्ष ११ करोड ९३ लाख रुपैयाँ थियो ।

१६ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको जगेडा कोषमा ११ करोड ९९ लाख रुपैयाँ सञ्चित छ ।
माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात पनि सुधार भएको छ । यो अनुपात २।९३ बाट झरेर २।४५ प्रतिशत कायम छ ।

माइक्रोफाइनान्सको प्रति शेयर आम्दानी (वार्षिकं २७ रुपैयाँ ३९ पैसा, प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ०६ पैसा र मूल्य आम्दानी अनुपात ३६।।५५ गुणा बढी छ ।

एनएमबि माइक्रोफाइनान्स