खेल

आइसीसी यु–१९ विश्वकप छनोट : नेपालसामू निरीह मलेसिया, नेपाल आठ विकेटले विजयी

आइसीसी यु–१९ विश्वकप छनोट : नेपालसामू निरीह मलेसिया, नेपाल आठ विकेटले विजयी

आइसीसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई सस्तैमा समेटेको छ । विश्वकपका लागि भइरहेको एसियन छनोट अन्तर्गतको तेस्रो खेलमा नेपाल मलेसियासँग आठ विकेटले विजयी भएको हो ।

सोमबारको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेका थिए । नेपालीका स्पिनरहरूले घातक बलिङ गर्दै मलेसियालाई मात्र ९२ रनमा समेटेका थियो ।

५० ओभरको खेलमा नेपालले दुई विकेट गुमाएर १३ ओभरमा विजयी लक्ष्य भेटायो। नेपालले जितको लागि ९३ रनको चुनौति पछ्याएकोमा १३ ओभरमा ९५ रन बनाएको हो। 

नेपाललाई विजयी गराउने क्रममा नटआउट रित गौतमले ३९ र कप्तान पौडेलले ६ रन हाने। पौडेलले पहिलो बलमै छक्का प्रहार गरे। त्यस्तै पवन सराफले १९ रन र आसिफ शेख २६ रन बनाएर आउट भएका थिए।

मलेसियालाई सस्तैमा समेटने क्रममा कुशल मल्ल र पवन सर्राफले समान ३–३ विकेट लिए भने कमलसिंह ऐरीले २ र  सागर ढकालले एक विकेट लिए।

क्रिकेट आइसीसी यु–१९