समाचार मुख्य समाचार

चौतर्फी दबाबपछि पत्रकार गिरी रिहा

चौतर्फी दबाबपछि पत्रकार गिरी रिहा


समाचार लेखेको भन्दै पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी रिहा भएका छन् । चौतर्फी दबाबपछि उनलाई रिहा गर्न प्रहरी बाध्य भएको हो । 

समाचार लेखेको आधार बनाएर नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआइबी) ले पोखराबाट एक पत्रकारलाई पक्राउ गरेको थियो ।  ।  बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्रराज बतास विरुद्ध ठगी विषयमा समाचार लेखेको भन्दै प्रहरीले पक्राउ गरेको हो । पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिक र ताण्डव न्यूज डटकमका सम्पादक एवं सञ्चालक अुर्जन गिरीलाई कास्की प्रहरीको सहयोगमा सिआइबीले पक्राउ गरेको हो।

गिरीले चैत २२ गते शुक्रबार ताण्डव अनलाइनबाट ‘ठग ! बदमास विपेन्द्रराज बतास’ शीर्षकमा आफ्नो वाइलाइनमा समाचार प्रकाशित गरेका थिए।

पोखरा–६ बैदामका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीबाट ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीलाई प्राप्त उजुरीलाई आधार बनाएर समाचार प्रकाशित छ।