Breaking News समाज

बुद्ध कृष्ण बाग श्रेष्ठले सातौँ पटक जिब्रो छेडाए

बुद्ध कृष्ण बाग श्रेष्ठले सातौँ पटक जिब्रो छेडाए

 मध्यपुरथिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बुद्ध कृष्ण बाग श्रेष्ठले सातौँ पटक जिब्रो छेडाउँदै जात्रा सकिएको हो  ।  

 

बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उनको जिब्रो छेडिएको हो ।  जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर बुद्ध कृष्णले नाट्यश्वरको पूजा गरेका थिए । 

 

यो उपत्यकाको नै एक जिब्रो छेड्ने जात्रा आफैमा साहसीक कार्य गर्ने जात्राको रुममा रहेको छ । यो भन्दा अघि चार पटक सम्म जिब्रो छोडेका बुद्ध कृष्णले २०७४ सालदेखि पूनः जिब्रो छेडेका हुन् । यो उनको सातौं पटक हो ।

 

ब्रत शुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले खानाखान गर्न नहुने, आइमाई छुन नहुने, जुठो, सुतकपरेका मान्छेलाई छुन तथा बोल्न नहुने र कुकुर लगायतका जनावरहरुलाई समेत छुन नहुने परम्परा रहेको छ ।

 

नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरो देवगणको पूजा गरी सयौँ मानिसहरूकै अगाडि जिब्रो छेडिएको थियो । जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ ।