कभर स्टोरी भिडियो

 नेपाल रंगभूमि त हो नै, रणभूमि पनि बन्ने खतरा छ (भिडियो भाग २)

 नेपाल रंगभूमि त हो नै, रणभूमि पनि बन्ने खतरा छ (भिडियो भाग २)

काठमाडौं । संक्रमणकालीन समयको व्यवस्थापनमा नेपाल चुकेको विज्ञहरुले औंल्याएका छन् ।   नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी सत्संगका क्रममा नेपालले ध्यान दिनु पर्ने विषयहरु धेरै रहेको विज्ञहरुको दावी छ । नेपाल आन्तरिक रुपमा स्वतन्त्र राष्ट्रका रुपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी अल्मलिएको संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्वप्रतिनिधि प्रा.डा. शम्भुराम सिंखडाले उल्लेख गरेका छन् । 

 

जरोकिलो महाअभियानका सहयात्री संस्थाहरु नागरिक फाउन्डेसनको आयोजना र प्रगतिवादी युवा समाज नेपालको सहआयोजनामा क्याक्सटन मिडियाको स्टुडियोमा हालै आयोजित सत्संगमा प्रा.डा. सिंखडाले भने, ‘नेपाल रंगभूमि त हुँदै हो, रणभूमि पनि हुन सक्ने खतरा छ ।’

 

सत्संगमा पूर्वराजदूत मदनमणि भट्टराईले नेपालका प्रधानमन्त्रीहरुलाई परराष्ट्र मन्त्रालय आफैंले राख्नु पर्छ भन्ने सोच रहिआएको उल्लृख गरे । राजदूत नियुक्त गर्दा भागबण्डाका आधारमा हुने नेपालको थिति संसारमा अन्यत्र नहुने भट्टराईले दावी गरे । 

">

रणनीतिक विज्ञका रुपमा उपस्थित अरुणकुमार सुवेदीले आफूले भूराजनीतिको विश्लेषण आर्थिक दृष्टिले नै हेर्ने गरेको उल्लेख गरे । नेपालमा भारतको बजारलाई चीनसँग नजोड्ने शर्तमा चिनियाँ रेल आउनु र नेपाल राज्य पनि त्यो कुरामा साझेदार हुनु भनेको हानीको व्यापार हुने उनले स्पष्ट पारे । 
 

अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी सत्संग