विदेश

दलाई लामा अस्पताल भर्ना

दलाई लामा अस्पताल भर्ना

एजेन्सी । चीनको स्वशासित क्षेत्र तिब्बतका धार्मिक अगुवा दलाई लामा अस्पताल भर्ना भएका छन् । रोयटर्सका अनुसार छातीमा संक्रमण देखिएपछि ८३ वर्षीय लामा बुधबार अस्पताल भर्ना भएको उनका सहयोगीले जनाएका छन् ।  

‘आज बिहान केही असुविधा भएपछि उहाँ स्वास्थ्य जाँचका लागि दिल्ली जानुभएको छ । चिकित्सकहरुले उहाँको छातिमा संक्रमण भएको जनाएका छन् र त्यसको उपचार गरिरहेका छन् । उहाँको स्वास्थ्य स्थिति अहिले स्थिर छ र अस्पतालमा थप दुई, तीन दिन रहनु हुनेछ,’ लामाका निजी सचिव तेन्जिन ताखाले भने । 

नोबेल शान्ति पुरस्कार पाएका लामालाई छातीमा सङ्क्रमण भएको  चिकित्सकले जनाएका छन्। चिनियाँ शासनविरुद्ध स्वतन्त्र तिब्बतको आन्दोलन असफल भएपछि लामा सन् १९५९ मा भारततर्फ भागेका थिए । त्यसयता उनी भारतको उत्तरी पहाडी क्षेत्र धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् । उनीसँगै हजारौँ तिब्बतीहरू भारतमा निर्वासनमा बस्दै आएका छन्। केही तिब्बती शरणार्थीहरू नेपालमा पनि छन्।

दलाइ लामा