अर्थ बैंकिङ

शनिबार पनि बैंक काउण्टर खुल्ला राख्न राष्ट्र बैंकको ठाडो निर्देशन

शनिबार पनि बैंक काउण्टर खुल्ला राख्न राष्ट्र बैंकको ठाडो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ३० गते शनिबार पनि राजश्व बुझ्ने सबै बैंकका शाखा तथा काउण्टरहरु खुल्ला राख्न निर्देशन दिएको छ। 

राजश्व व्यवस्थापन महाशाखाको आग्रहमा राष्ट्र बैंकले राजश्व बुझ्ने व्यवस्था मिलाउन शनिबार बिदाको दिन पनि काउण्टर खुल्ला राख्न निर्देशन दिएको हो।

 

यस्तै राजश्व दाखिलाका चेक क्लियरिङ्ग गर्ने प्रयोजनको लागि चेक क्लियरिङ्ग गर्ने नेपाल क्लियरिङ्ग हाउस समेतलाई सदा झै खुल्ला राखी नियमित राजश्व बुझ्न व्यवस्था गर्न निर्देशन दिएको हो।

 

अहिले तेस्रो त्रैमासको राजश्व बुझाउने चाप उच्च छ। यसैको व्यवस्थापन र सहजताका लागि राष्ट्र बैंकलेृ निर्देशन जारी गरेको हो । 

नेपाल राष्ट्र बैंक
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।