अपराध सुरक्षा

एटिएम फुटाएर चोरी गर्न खोज्दा...

एटिएम फुटाएर चोरी गर्न खोज्दा...

काठमाडौं। बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्दा एक युवक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-३१ तिनकुनेस्थित एनसीसी बैंकको शाखा कार्यालयमा रहेको एटिएम मेसिन फुटाइ चोरी गर्ने क्रममा सोही महानगरपालिका-३२ बस्ने रामेछापका १८ वर्षीय विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । विशालको साथबाट प्रहरीले एटिएम मेसिन फुटाउन प्रयोग गर्ने हतौडा १ थान, फलामको छिनो १ थान र मार्तोल १ थान समेत बरामद भएको प्रहरीले जनाएको छ ।