मुख्य समाचार प्रदेश ७

कैलालीमा २ किलो ३ सय ग्राम सुनसहित एक जना पक्राउ 

कैलालीमा २ किलो ३ सय ग्राम सुनसहित एक जना पक्राउ 

कैलाली । कैलालीमा २ किलो ३ सय ग्राम सुनसहित एकजना व्यापारी पक्राउ परेका छन् । जिल्लाको चिसापानीमा चेकजाँचका क्रममा गएराति २ किलो ३ सय ग्राम सुनसहित धनगढीका एकजना व्यापारी पक्राउ परेका कैलालीका प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले जानकारी दिए । 

 

उनका अनुसार व्यापारीसँग १ किलो ३ सय ग्राम सुन खरिद गरेको विल भेटिएको छ तर एक किलो सुनको भने विल छैन्। व्यापारीले काठमाडौँबाट सुन खरिद गरेर ल्याएको दावी गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ गरिएका व्यापारीको नाम भने प्रहरीले सावर्जनिक गरेको छैन्।  

सुन कैलाली