मनोरञ्जन

स्यांबोको 'अप्सरा' सार्वजनिक (भिडियो)

स्यांबोको 'अप्सरा' सार्वजनिक (भिडियो)

काठमाडौं । भनिन्छ सफलताको कुनै नियम हुँदैन । निरन्तर कोसिस र मनमा आत्मविश्वास भए चाहेको सबै सपना  पूरा गर्न सकिन्छ । आर्थिक स्थिति र अवसरको अभावमा हाम्रा कति प्रतिभावान कलाकारहरू अहिले पनि विदेशमा छन् । देशको रेमिट्यान्स मात्रै होइन देशको कला संगीतको विकासको लागि देशबाहिर भएका नेपाली कलाकारहरूको योगदान ठूलो छ। 

 

देशमा पूरा हुन नसकेको सपना धेरै कलाकारहरूले विदेशमै बसेर पूरा गर्दै छन् । हाल विदेशमा रहेका  प्रतिभाशाली नव गायक विज्ञान स्याङ्बोले आफ्नो पहिलो गीत 'अप्सरा' सार्वजनिक गरेका छन् । 

 

यस गीतमा उनको एकल स्वर, शब्द र संगीत रहेको छ भने गीतको एरेन्ज्मेन्ट बिनय केटुले गरेका हुन् । म्युजिक भिडियोमा बेस्त जोडी सुनिल  क्षेत्री र एलिशा शर्माको साथमा नेपाली ठिटोस ग्रुपको अभिनय  भिडियोमा देख्न सकिन्छ । ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन। सुनिल क्षेत्रीको कन्सेप्ट तथा निर्देशनमा गीतको भिडियो तयार भएको हो ।

अप्सरा