भिडियो मेरो परिवार मेरो कथा प्रोफाइल कभर स्टोरी

गणतन्त्र समातेर राजनीतिमा लागेकी देवीको गुनासाे, ‘गणतन्त्रवादी नै सिद्धान्तविहीन भए’ (भिडियाे सहित)

गणतन्त्र समातेर राजनीतिमा लागेकी देवीको गुनासाे, ‘गणतन्त्रवादी नै सिद्धान्तविहीन भए’ (भिडियाे सहित)

माओवादी द्वन्द्वकालमा थिचिएका कथा गल्ली गल्लीमा भेटिन्छन् । भिन्न कथासँगै भिन्नै व्यथा पनि । तर किशोरावस्थादेखि नै दर्दनाक पीडा सहेकी लडाकु महिला हुन्– देवी खड्का । उनको जीवन भोगाइले हर कोहीको आङ सिरिंग बनाउँछ । 

 

कुरा वि सं २०३८ सालको हो । पञ्चहरूको विगविगी थियो । ०३७ सालमा पञ्चायत र बहुदल व्यवस्थाको जनमत संग्रहमा  पञ्चायतले जित्यो ।  बहुदलीय व्यवस्थाको लागि नेपाली जनताले अर्को एक दशक संघर्ष गर्नुप-यो । 

 

२०३८ सालमा दोलखाकी देवी खड्काको गाउँमा एउटा घटना घट्यो ।  पञ्चहरुले किसान र महिलामाथि गरेको अत्याचार विरुद्ध गाउँका मानिसले किसान विद्रोह गरेका थिए । त्यसलाई दबाउन गाउँका सबै युवालाई जेलमा कोचियो । ०३८ सालदेखि गाउँका सबै युवा जेलमा थिए । तिनै युवाको भीडमा थिए– देवीका दाजु ज्ञानु खड्का । 

 

२० वर्षीय दाजुलाई जेलमा राखियो । जेल हालिएको पाँच वर्षपछि  जेलमै मारियो । आमाबाबुु भन्दा बढी माया लाग्ने दाजुको शरीर मृत अवस्थामा बुझ्दा देवीको मानसिक अवस्थामा ठूलो आघात प-यो । उनमा उब्जाएको विद्रोहको भावनाले उनी आफैंलाई प्रश्न गर्न थाल्यो, समाज के हो ? जनता के हो ? न्यायालय के हो ? राज्य व्यवस्था के हो ? आखिर गाउँलेले त केही गरेका थिएनन् । उनीहरुलाई किन जेल हालियो ? 

 

त्यतिबेलाका पञ्च दलबहादुर खड्काले देवीको परिवारमाथि ज्यादति गरेका थिए । उनका बुबाआमाको जग्गा आफनो नाममा गरेका थिए । कानूनी रुपमा दलबहादुरको नाममा भएपनि व्यावहारिक रुपमा उनकी आमा मनकुमारीको  नाममा थियो । यसको विरुद्ध लड्दा उनका दाजुले ज्यान गुमाउनुप-यो । 

 

न्यायको लागि ज्यान गुमाएका दाजुको मृत्युपछि उनको मनले एउटै कुरा बुझ्यो ‘यो राज्य व्यवस्था धनीहरूको पक्षमा छ । यसको सामाधानको लागि उनले एउटै बाटो देखिन्, ‘कम्यूनिष्ट आन्दोलन’ को बाटो । आन्दोलनमा लागेसँगै उनका जीवनका अनगिन्ती दर्दनाक पाटाहरू कम्युनिष्ट आन्दोलनसँग जोडिँदै थिए ।

 

क्रान्तिले उब्जाएको जोशमा उनी बाल संंगठनबाट पार्टीमा लागिन् । ०४६ सालको हरेक आन्दोलनका जुलुसमा सक्रिय छिन । जनआन्दोनका गतिविधिमा संलग्न हुन थालिन् । 

जनयुद्धमा लाग्ने क्रममा उनी ०५३ सालमा प्र्रथम निर्वाचित जिल्ल्ला अध्यक्ष भइन् । ०५४ सालमा हिरासतमा परिन् । ०५४ सालको कार्तिक ११ गते जिल्ला भेलामा पुलिस चौकी नजिकै रहेको कार्यक्रममा जानुपर्ने थियो । प्रहरीको अपरेसन टिमले बाटोमा हिँड्दै जाने क्रममा उनलाई पक्राउ ग¥यो । पक्राउ गर्ने चारजनामध्येमा उनी एक मात्र महिला थिइन् । 

 

उनका अर्का दाइ जिल्लाको पार्टी प्रमुख थिए । पार्टी प्रमुुख कहाँ बस्छ हिँड्छ भन्ने कुराको छिनोफानो गर्ने भन्दै उनलाई पक्राउ गरेको थियो । दाजुको बारेमा सोधखोज गर्ने क्रममा उनलाई बढी यातना दिइयो । शारीरिक, मानसिक र नैतिक हिसाबले उनलाई बढी नै यातना दिइयो । 

 

पक्राउ परेपछि उनलाई विभिन्न्न ठाउँ सारियो । आफूलाई सबैभन्दा बढी यातना धुलिखेलमा दिइएको उनले बताइन् । त्यही समय सामूहिक बलात्कारमा परिन् । बाँच्दिन भन्ने निष्कर्षमा पुगिकेकी थिइन् उनी । आफूलाई त्यहाँ मार्ने नै तयारी भइरहेको महशूस गरेकी थिइन् । त्यतिबेलासम्म परिवार र पत्रकारले सोधखोज गर्दासमेत उनीसँग कसैलाई भेट्न दिइएको थिएन । 

 

युद्धमा बलात्कार गर्नेलाई कसैले चिन्न नसक्ने बताउँछिन् खड्का । उनी आफैं पनि त्यत्ति ठूलो जोखिमपूूर्ण यातना दिने मान्छेलाई कहिल्यै चिन्दिनन् । यदि कसैले चिन्छ भनेपनि त्यो गलत भएको भन्दै उनले भनिन्, ‘उनीहरू सिभिलमा हुन्छ । कसरी पोष्ट र नाम थाहा हुन्छ  ? समूहमा भएको थाहा हुुँदैन । एउटा सिंगल मान्छे हुनु भनेको फरक हो । तर युद्धको शैलीमा बलात्कार गर्नु भनेको समूहमा हुन्छ । त्यो चिनिदैन ।’

 

पक्राउ परेको २८ दिन पछि राष्ट्रिय मानव अधिकारको टोलीले छापा हानिसकेपछि उनलाई खुल्ला गर्न बाध्य भएको थियो सेना । जब चरम यौनिक यातना भोगेर जब जेलबाट निस्किइन् , उनी मानसिक रुपमा विक्षिप्त थिइन् । उनले आफू भित्रको म हराएको महशूस गर्न थालिन् । त्यसको दुई वर्षसम्मको लडाई उनले सचेतता पूर्वक लडेकी थिइनन् । उनलाई खाली मर्न मात्र मन लाग्थ्यो । मर्ने चाहनाले जोखिमपूर्ण ठाउँमा पनि साथीहरूलाई नपठाएर आफैं जान तम्सिन्थिन् । तर को कतिबेला मर्छ भन्ने कुरा त जन्मसँगै तय भएको हुन्छ । उनले चाहेजस्तो भएन । 

 

अहिले जस्तो सामान्य भएर हिँड्न सक्छु भन्ने कुुरा उनको कल्पना बाहिर थियो । कमजोरीको त्यो घडीमा उनले आफूलाई ‘त्यसै त मर्दिन, बरु कसैले मारेरै मर्छु’ भन्ने क्रान्तिकारी भावना बढाउँदै गइन् । उनको त्यो आक्रोश पार्र्टीको आन्दोलनमा बलियो रुपमा प्रयोग भयो ।  

 

त्यसको दुई वर्ष पछि उनलाई पार्टीले थप जिम्मेवारी दियो । त्यसपछि उनीसँग आशा राखेका जनता, उनलाई आधार मानेर आन्दोलनमा  लाग्ने धेरै साथीहरु थिए । दुई वर्षपछि बल्ल आफ्नो पछि अरुको भविष्य जोडिएको छ भन्ने सचेतना आयो उनमा । 

 

विस्तारै देशमा राजनीतिक परिवर्तन भयो । बहुदल आएपछि संसार जितिन्छ जस्तो लागेको थियो उनलाई ।  तर त्यसो भएन । असमानताको चोटले गर्दा उनले भिन्नै समानताको आश गरेकी थिइन् कम्युनिष्ट आन्दोलन मार्फत । उनलाई त्यो प्राप्त भएजस्तो लागेको थिएन । 

 

शान्ति प्रक्रियामा आइसकेपछि पनि उनी खुशी थिइनन् । किनभने लडाइलाई उनीहरूले सम्झौतामा ल्याएर टुंग्याएका थिए । भन्छिन– ‘राजनीतिक रुपमा मूलभूत परिवर्तन भएका पनि हुन् । तर त्यो परिवर्तनलाई लिड गर्नेहरू परिवर्तनमा लागेका थिएनन् । हिजो परिवर्तनलाई दबाउने व्यक्ति पनि थिए ।’

 

जनयुद्धमा लाग्दा उनले भएका सबै थोक गुमाइसकेकी थिइन । उनले आफ्नो अस्मिता गुमाइन्, दाजु गुमाइन्,  मामाको छोरा, परिवार सबै गुमाएर व्यक्तिगत जीवन ध्वस्त बनेको थियो । प्रहरीले ७० वर्षीया उनकी आमालाई लगेर दिनभरि हिरासतमा राख्ने र बेलुकी छोड्ने गरेको थियो । तातोपानी पनि खान दिने मान्छेको अभावमा त्यही बेला बुबाको मृत्यु भयो । अन्तिम अवस्थामा बुुबाको मुुखसमेत हेर्न नपाएको उनले गला अवरूद्ध पार्दै बताइन् ।  

 

शान्ति व्यवस्था आएपछि उनी अन्तरिम व्यवस्थापिकाको सदस्य बनिन् । तर मन भारी हुँदा र आफूले जुन सोचले क्रान्तिमा होमिएकी थिइन्, त्यो सिद्धान्त पूरा नहुँदा सत्तामा जाँदा उनलाई राज्यसत्ताबाट कहिले निस्कौं कहिले जस्तो लाग्न थाल्यो । 

 

हाल उनी देशकै ठूलो पार्टी नेकपाकी केन्द्रीय सदस्य छिन् । अहिले पनि जनताको दैलोमा गएर दुःखसँग घुलमिल हुुन पाए उनलाई आनन्द लाग्छ । नेता खुुशी पार्ने र त्यसबाट लाभ लिने दौडमा आफ्नो रुचि नभएको उनले बताइन् । 

 

अहिलेको नेतालाई खुशी पारेर लाभ लिने होडबाजीमा जाने कुरा उनको कल्पना बाहिर छ । भन्छिन्, ‘त्यहाँ गइयो भने पाप लाग्छ जस्तो लाग्छ ।  हिजोका लडाईं र त्यागका दिनहरु फर्केर हेर्छु । .मृतकका आत्माले सराप्छ जस्तो लाग्छ ।’ 
गणतन्त्र ल्याउनको लागि जसले कोही गुमायो, ती गुमेको आत्मालाई ओझेलमा पारेर गरिने राजनीतिक व्यवस्थाको आयु लामो नहुने बताउँछिन् उनी । अहिलेको राजनीतिक व्यवस्था यस्तै भएको उनले जिकिर गरिन् ।

 

त्यतिबेलाको क्रान्ति गर्ने पार्टीका शीर्ष नेताहरु अहिले तीनवटा खेमामा विभाजित भएका छन् । उनी ती सबै पात्रलाई सम्मान गरेपनि विश्वास प्रचण्डलाई गर्छिन् । उनले भनिन्, ‘त्यतिबेला जनयुद्धका जोखिम मोलेको हुनाले कमरेड बाबुराम, किरण र विप्लवलाई पनि उत्तिकै मान्छु । तर सिद्धान्त र मान्छेको चाहनालेमात्र सबैथोक हुँदैन । उहाँहरु तीनैजनाले लिएको बाटो पूरा हुन्छ जस्तो मलाई लाग्दैन । यदि पूरा हुन्छ भने विप्लवको क्रान्तिमा पहिला म हुन्थे । मलाई अहिले पनि क्रान्ति गर्ने इच्छा छ । तर अहिको यो क्रान्ति समय सापेक्ष छैन ।’ 

 

उनले थपिन्, ‘यदि हामी यही कुरा शान्तिपूर्ण ढंगले कम क्षतिमा प्राप्त गर्छौं भने क्षतिको भूमरीमा किन फस्ने ? कमरेड विप्लव यही रफ्तारमा जाने हो भने उहाँले अर्को पुस्तालाई क्षतिको भूमरीमा फसाउँदै हुनुहुन्छ ।’ 

 

देवीजस्ता हजारौं पीडितको काँधमा चढेर आएको थियो गणतन्त्र । तर गणतन्त्र ल्याउनेहरू अहिले आफैं अलमलमा परेका छन् । उनीहरूले बोकेका सिद्धान्त खै कता गए । तर आफ्नो उर्जाशील जीवन युद्धमा होमेका देवीजस्ता हजारौंको अहिलेको राज्य व्यवस्थासँग खरो चित्त दुखाई छ । 

 

आफूभित्रको त्यहि असन्तुष्टि पोख्दै उनले भनिन्, ‘ मान्छेको इच्छा भन्दा ठूलो समय हुन्छ । समयलाई कसैले रोक्न सक्दैन । अहिलेको समय फरक छ । राज्य सञ्चालनको विधि, सञ्चालकहरुको जीवन शैली आचरण हामीले जुन कल्पना  गरेका थियौं त्यस्तो छैन ।’

गणतन्त्र देवी खड्का माओवादी द्वन्द्वकाल