भिडियो इतिहास र अनुभूति

धनी नेता भरतमोहनको उपचार खर्च राज्यले व्यहोर्नु भद्दा मजाक (भिडियोसहित)

धनी नेता भरतमोहनको उपचार खर्च राज्यले व्यहोर्नु भद्दा मजाक (भिडियोसहित)

 

काठमाडौं । प्रा.डा. सुरेन्द्र केसीले पर्यटनमन्त्री रविन्द्र अधिकारीसवार हेलिकोप्टर दुर्घटना र पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनका सम्बन्धमा फरक दृष्टिले विश्लेषण गरेका छन् । नेपालआजको नियमित भिडियो स्तम्भ ‘इतिहास र अनुभूति’मा बोल्दै डा. केसीले स्वर्गीय रविन्द्र अधिकार सवार हेलिकोप्टर ताप्लेजुङ पुग्नुलाई नै आश्चर्य मानेका छन् । त्यसमाथि उनले सरकारी काममा निजी हेलिकोप्टर प्रयोग, सुरक्षा निकायलाई खबर पनि नगरिनु, निजी व्यवसायीको पछि लागेर राज्य संयन्त्र नै हिँड्न जस्ता त्रुटि उनले औंल्याएका छन् । 

 


त्यस्तै पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको उपचार खर्च राज्यले व्यहोर्ने सरकारले निर्णय गरेको छ । राज्यले व्यहोर्न निर्णयमा डा. केसीको विमति छ । उनले भरतमोहन अधिकारी सभ्रान्त परिवारका व्यक्ति, आर्थिक अवस्थामा सबल, छोरीहरु नै राम्रो आर्थिक हैसियत बनाएका कारण सरकारी राहत पाउने गरी गरिब नरहेको तर्क गरेका छन् । 

 


राजनीतिमा पनि उनले कुनै संघर्ष नगरेको केसीको दावी छ । डा. केसीका अनुसार भरतमोहन अधिकारी विराटनगरका हुनेखाने वर्गका थिए । राजनीतिमा आउनुअघि उनी वकालत गर्थे । उनलाई आर्थिक अवस्थाले कहिले पनि पिरोलेन । 

 


धेरै नेपाली नागरिकहरु सिटामोल खान नपाउने अवस्थामा छन् भने भरतमोहन अधिकारीका लागि राज्यकोष खर्च गर्न आवश्यक थिएन ।

 

 


डा. केसीले स्वर्गीय रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई राजनीतिमा ल्याउनु भनेको राजनीति विकृत बनाउनु रहेको दावी गरेका छन् ।

सम्मानको नाममा विद्यालाई राजनीतिमा ल्याउने, उम्मेदवार बनाउने जिताउने ठीक होइन । उनको आफ्नै करिअर छ । त्यसमा उनले राम्रो गरिरहेकी छिन् भन्ने छ । 

 


पढाउने र राजनीति गर्ने फरक हो । डा. केसीले नेताको निधन भएपछि उनकै पत्नीलाई राजनीतिमा तान्ने, जिताउने, भरसक मन्त्री नै बनाइदिने गुर्नु ठीक होइन । यसले राजनीतिको विकास हुँदैन । राजनीति परिष्कृत हुँदै जाने होइन । यसले त अझ राजनीतिलाई विकृत बनाउछ । राजनीति चाहिँ जसले पनि गर्न सक्ने काम हो भन्ने अर्थ लाग्छ । 

 


 
 

प्रा.डा. सुरेन्द्र केसी भरतमोहन अधिकारी रविन्द्र अधिकारी