समाचार प्रदेश ७

स्यालको टोकाइबाट एकै नगरपालिकामा ११ जना घाइते

स्यालको टोकाइबाट एकै नगरपालिकामा ११ जना घाइते

बझाङ । जिल्लाको बुङ्गल नगरपालिकामा स्यालले टोकेर ११ जनालाई घाइते बनाएको छ। दिउँसो बाटोमा हिँडिरहेका बेला जल्जली र दासापा भन्ने ठाउँमा स्यालले मानिसहरूलाई टोकेर घाइते बनाएको छ। घाइतेमध्ये केहीको उपचार बुङ्गल नगरपालिका र केहीको जिल्ला अस्पताल सिमखेत चैनपुरमा भइरहेको छ। 

 

यसअघि स्यालको टोकाइबाट सोही ठाउँमा घाइते भएकी सुना ऐडीको अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ भने बौलाहा कुकुरको टोकाइबाट दुई बालबालिका घाइते भएका छन्। घाइतेमध्ये एकको मुखमा टोकेकाले जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर रिफारिश गरिएको जिल्ला अस्पताल सिमखेतले जनाएको छ।

 

बुङ्गल नगरपालिकामै दुई बाख्रा, दुई गाई र एक भैँसीलाई स्यालले टोकेको छ। एक महिनाअघि बुङ्गल नपा–६ झापामा स्यालकै टोकाइबाट चार घाइते भएका थिए। करीब एक महनादेखि स्याल र बौलाहा कुकुरको आतङ्क बढेपछि बालबालिकालाई एक्लै विद्यालय पठाउन र आफूलाई समेत जान डर भएको बुङ्गल नगरपालिका–५ का स्थानीय वीरबहादुर भण्डारीले बताए।  

बझाङ बुङ्गल नगरपालिका स्याल आतंक