कला साहित्य

२०७५ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार घोषणा

२०७५ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार घोषणा

काठमाडौं। अन्तर्राष्ट्रिय क्षेत्रका तीनजना व्यक्तित्वहरुलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

 

नइ प्रकाशनले २०७५ सालको दुई लाख रुपियाँ राशिको 'नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार' संयुक्त रूपमा भारतका १०१ वर्षीय श्री हायमनदास राई किरात तथा ८६ वर्षीय डा. लक्खीदेवी सुन्दासलाई प्रदान गर्ने भएको हो । नेपाली वाङमयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्याएबापत उनीहरूलाई सो पुरस्कार दिन लागिएको हो । उक्त पुरस्कार  नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिने गरिएको छ ।

 

यसैगरी नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति अमेरिकाका श्री गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

 

शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १००औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा नइ अन्तर्राष्ट्रिय पुरस्कारहरू प्रदान गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।