विचार इतिहास र अनुभूति

बाबुराम र प्रचण्ड भारतीय सेनाको हेलिकोप्टरमा आएपछि गिरिजा छक्क, भाग ८ (भिडियोसहित)

बाबुराम र प्रचण्ड भारतीय सेनाको हेलिकोप्टरमा आएपछि गिरिजा छक्क, भाग ८ (भिडियोसहित)

काठमाडौं । नेपालआजले शुरू गरेको इतिहास सम्बन्धी शृंखलाको पहिलो चरणमा इतिहास विषयका प्रोफेसर सुरेन्द्र केसी हुनुहुन्छ । केसीसँग नेपालआजले इतिहासका पाटाहरू केलाउदै आठौं भागसम्म आइसकेको छ । यो भागमा डा.केसीले इतिहासका पात्रहरूबारे चिरफार गर्नुभएको छ । प्रस्तोता हरिराम रिमालसँग डा.केसीले यो भागमा १७ सालपछिको नेपालको ऐतिहासिक चर्चा निम्नानुसार गर्नुभएको छः  

 

‘बिपीको निधनपछि वामपन्थी र कांग्रेसहरु नजिक आउने वातावरण बन्यो र ०४६ सालको आन्दोलनको लागि एउटा आधार तयार भयो भन्ने कुरा तार्किक छ । तर विरोधाभाष कहाँ छ भने, अहिले शेरबहादुरले बिपीले भनेको ठीक रहेछ, वास्तवमा ‘कम्युनिष्टहरुसँग सहकार्य गर्नु नहुने रहेछ’ भन्न थालिसकेका छन् । राजसंस्था नै आए पनि केही हुने छैन, र मुलुकलाई धर्मनिरपेक्षतामा लगेर गल्ती गरिएछ भनेर पनि भन्न थालिसकेका छन् । यो स्थिती हेर्दा बिपीलाई यो कोणबाट खोट लगाउन  मिल्दैन । 

 

०४६ सालको आन्दोलनमा दुइ विपरित ध्रुव कांग्रेस र वामपन्थी राजसस्ंथाविरुद्धमा एक हुनमा वाह्य कारणहरु छन् । पूर्वी यूरोप ढल्यो, त्योभन्दा पहिला बर्लिन पर्खाल र शोभियत सत्ता पनि ढल्यो । विखण्डनका प्रक्रिया शुरु भयो । त्यो विखण्डनको  प्रक्रिया भारत हुँदै नेपाल आएको हो । वाह्य रुपमा यो आयाम हो । विश्वव्यापी रुपमा उदारवादी हावा लागेको थियो । अमेरिका र शोभियतमा पनि बदलाव आयो, शीतयुद्धको फेज हरायो । त्यसले नै प्रभाव पा¥यो ।.आन्तरिक रुपमा अर्को कारण राजाको निरंकुशता विरोधको प्रतिरोध र जनआन्दोदलन हो । तर वाह्य रुपमा विश्वव्यापी रुपमा आएको उदारमुखी हावाको लहर थियो । यो दुईवटा कुराको समायोजनाले दुई ध्रुवको एकसाथ विरोध सम्भव भयो । 

२०४७ सालको संविधानलाई २० बुँदे असहमतिसहित त्यतिबेलाको प्रभावशाली पार्टी नेकपा एमालेले स्वीकार गरेका छ । एउटा नौलो जनवादी क्रान्तिबाट प्रभावित भइरहको पार्टी संवैधानिक राजतन्त्रलाई स्वीकार्ने ठाउँमा पुग्यो । किनभने यो वास्ताविक कम्युनिष्ट आन्दोलन नभइ टाढाबाठा, पढेकाहरुले गरेका हुन् । उनीहरुलाई यही कुरालाई ठूलो मान्थे ।

 

४७ को परिवर्तनपछि सबैभन्दा पहिलो पजेरो चढ्ने त मदन भण्डारी नै थिए । देवत्वकरण र दानवीकरण गर्नमा हामी  एमदम माहिर छौं । त्यसो पटक्कै गर्नु हुँदैन । ४० सालको आन्दोलनको व्यवस्था गर्न सकिएको भए सबैभन्दा बढी फाइदा राजसंस्थालाई हुन्थ्यो । पदीय रुपमा राजसंस्था र पूर्वपञ्चलाई फाइदा भयो । कांग्रेस एमालेलाई त घाटा नै भयो । 

 

५० साल जेठ १९ गते दरबार हत्याकाण्ड भएपछि अहिले आएका परिणामहरुलाई हेरेर यसलाई विश्लेषण गर्दा ज्ञानेन्द्रको परिवार भन्दा यसले अरुलाई केही फाइदै भएको छैन । तर अब यहाँ के भन्छन् भने, गर्ने गराउने अर्कै थियो, योजनाबद्ध तरिकाले राजसंस्था कमजोर पारियो भनिन्छ । ‘रअ’ र सिआइएका एजेन्टले योजनाबद्ध तरिकाले ज्ञानेन्द्रको टाउकोमा फालिदिए भनेर भनिन्छ । बाँकी त तथ्य र इतिहासले मात्र भन्न सक्छ हामीले केही भन्न सक्दैनौं । 

 

कोइराला परिवार असाध्यै धेरै कम्युनिष्टप्रति रिजिड मानसिकतामा थियो । गिरिजाप्रसाद कोइराला कांग्रेसभित्र एकदमै हावी भएको समयमा माओवादीजस्तो शक्तिसँग सहकार्य गर्ने परिस्थिति आयो । जुन अकल्पनीय थियो । त्यो बेलामा सायद हङकङतिरबाट गिरिजाबाबु दिल्लीमा ल्याण्ड गर्नुभयो ।

 

जुन ठाउँमा गिरिजाबाबु बस्नुभएको थियो त्यो ठाउँमा बाबुराम र प्रचण्डलाई भारतीय सुरक्षाको हेलिकप्टरले बोकेर ल्यायो । त्यसपछि गिरिजाले माओवादी आन्दोलन चानचुने हिसाबले भएको होइन रहेछ भन्ने बुझे । पछि त प्रचण्ड र गिरिजा निकै निकटका नेता र आत्मीय नेता हुन् भन्नेसम्मका कुुरा गर्थे र गिरिजाबाबुले छोडेर गएको काम पूर्ति गर्ने जिम्मेवारी मेरै हो पनि भन्थे । तर यो बेइमानी भनौं कि, विश्वासघात, गिरिजालाई पहिलो राष्ट्रपति त दिएनन् उनले । अन्यथा यो पृष्ठभूमिमा गिरिजा र प्रचण्डको कार्यगत एकता भएको देखिन्छ । अरु त सुरिएर आएका हुन् केही अर्थ छैन ।’