राजनीति

जनताको जलविद्युत् कार्यक्रमको शुभारम्भ गर्दै ओलीले भने : देशमा नयाँ अभ्यासको थालनी

जनताको जलविद्युत् कार्यक्रमको शुभारम्भ गर्दै ओलीले भने : देशमा नयाँ अभ्यासको थालनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ अभ्यासको थालनी भएको बताएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा जनताको जलविद्युत् कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

 

प्रधानमन्त्री ओलीले भने, 'आज एउटा नयाँ अभ्यासको थालनी भएको छ। यस्ता थुप्रै अभ्यास सुरु हुँदैछ । हामी आफैँ साना पूँजी संकलन गरेर ठूला काम गर्न सक्छौँ । अरुको अगाडि हात थाप्दैनौँ आफ्नो देश आफैँ बनाउछौँ ।'

 

ऊर्जासँग अन्य क्षेत्रको विकास पनि अगाडि बढ्नै बताउँदै प्रधानमन्त्री ओलीले जनतालाई शेयरमा लगनी गर्न आग्रह पनि गरे। उनले भने 'जनतालाइ आग्रह छ लगानी गर्नुस देश बनाऔं । ऊर्जासँगै अन्य क्षेत्रमा पनि जनताको लगानी मुलुक अगाडि बढ्छ । स्वाभीमानी नेपालीले राष्ट्र निर्माण गर्छ यो सुरुवात हो ।'

 

प्रधानमन्त्री ओलीले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत त्रिशूली ३ 'बी' जलविद्युत आयोजनाको पहिलो शेयर खरिद गर्दै कार्यक्रमको शुभारम्भ गरेका छन्। उनले प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रमका बीच शेयर खरिदका लागि पहिलो आवेदन दिँदै कार्यक्रमको शुभारम्भ गरेका हुन्।

 

प्रधानमन्त्री ओलीले दश हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन्। उनीसँग धर्मपत्नी राधिका शाक्यले पनि दश हजार कित्ताका लागि आवेदन दिएकी छन्। त्यस्तै, उर्जामन्त्री वर्षमान पुनले पनि एक हजार कित्ता शेयरका लागि आवेदन दिएका छन् भने उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती मगरेले दुई हजार कित्ताका लागि आवेदन दिएकी छन्।

केपी शर्मा ओली