अर्थ बैंकिङ

एनसीसीको नयाँ शाखा कञ्चनपुरको कृष्णपुरमा 

एनसीसीको नयाँ शाखा कञ्चनपुरको कृष्णपुरमा 

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको नयाँ शाखा कञ्चनपुरको कृष्णपुरमा खुलेको छ । 
बैंकले गत शुक्रबार एक समारोहको आयोजना गर्दै कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ स्थित कृष्णपुरमा नयाँ शाखा औपचारिक रुपमा संचालनमा ल्याएको हो । 

 


उक्त शाखा कार्यालयको उद्घाटन कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले संयुक्त रुपमा गरेका हुन् । 
यसै अबसरमा बैंकका तर्फबाट संचालक समिति सदस्य बास्तोलाले ताम्रपत्र समेत अनावरण गरे ।

 


शाखा कार्यलय उद्घाटन समारोहको अध्यक्ष सोही कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल रहेका सो कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) रमेशराज अर्यालको समेत उपस्थिति रहेको थियो ।  

नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक