अर्थ बैंकिङ

१३ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

१३ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रकम बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ । बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको रु दुई अर्ब २६ करोड र ३६४ दिने रु पाँच अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो ।