देश राजनीति

विप्लवका पोलिटब्युरो सदस्य प्रहरीको नियन्त्रणमा

विप्लवका पोलिटब्युरो सदस्य प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विप्लव नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई पक्राउ गरेको हो ।

 

औषधि किनेर डेरा फर्किरहेको बेला विशेष सूचनाको आधारमा प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ । केही दिनअघि नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले उक्त पार्टीका नेता कार्यकर्तालाई जहाँ देखे पनि पक्राउ गर्दै आएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ मोहन कार्की ‘जीवन्त’