संघीय समाचार प्रदेश १

भारतीय सीमा नजिकै प्रदेश राजधानी नराख्न स्थानीयको मत

भारतीय सीमा नजिकै प्रदेश राजधानी नराख्न स्थानीयको मत

इटहरीः प्रदेश नम्बरको राजधानी कहाँ राख्ने त ? कुन स्थानमा राजधानी राखियो भने प्रदेशभरीका जनताले उपयुक्त ठहर गर्नेछन् ?

राजधानी तोक्ने काम प्रदेशसभाको दुइ तिहाई बहुमतको भए पनि जनता के चाहन्छन त ? त्यही बुझ्न खोजेको छ राजधानी सरोकार समाज इटहरीले । शनिवार विहान साढे ६ बजेदेखि ८ बजेसम्म सुनसरीको इटहरीमा सरोकार समाजले नमुना मतदान नै आयोजना गर्यो । ८ सय जनालाई राजधानी कहाँ राख्ने भन्ने विषयमा गराइएको मतदानमा ७ सय ४९ जनाले आफ्नै ठाउँ अर्थात इटहरी रोजेका छन् । २० जनाले मोरङको गोठगाउँमा राजधानी हुनुपर्छ भनेर आफ्नो मत जाहेर गरेका छन् भने ३१ जनाको रोजाईमा धनकुटा परेको छ ।

साथै अन्तर्राष्ट्रिय सीमा नजिक अर्थात भारतसँग कम दुरी हुने स्थानमा राजधानी राख्नु उपयुक्त हो कि होइन भनेर गरिएको सर्वेक्षणमा हुनुपर्छ भन्ने पक्षमा कसैले मतदान गरेनन् । ७ सय ९५ जनाले उपयुक्त  हुँदैन भनेर मत व्यक्त गर्दा  ५ मत बदर भने भएको समाजले जनाएको छ ।