विदेश

न्युजिल्यान्ड मस्जिद हमला : २७ को मृत्यु, चार संदिग्ध प्रहरी नियन्त्रणमा

न्युजिल्यान्ड मस्जिद हमला : २७ को मृत्यु, चार संदिग्ध प्रहरी नियन्त्रणमा

न्युजिल्यान्डको क्राइस्टचर्च शहर नजिक रहेका दुईवटा मस्जिदमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २७ जनाको मृत्यु भएको छ । नुर मस्जिद र लिनफुड मस्जिदमा बन्दुकधारीको गोली लागेर अन्य कैयौँ घाइते भएका छन् ।

 

उक्त घटनामा ५० राउन्डभन्दा बढी फारिङ भएको बताइएको छ। उक्त गोलीबारीमा संलग्न भएको आशंकामा चार जनालाई न्युजिल्यान्ड प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। नियन्त्रणमा रहेका मध्ये तीन जना पुरुष र एक जना महिला रहेको प्रहरीले जनाएको छ ।

 

न्युजिल्यान्डका प्रधानमन्त्री जैजिन्डा अर्डर्नले उक्त घटनालाई लिएर विज्ञप्ति जारी गर्दै यो घटना न्युजिल्यान्डकै सबैभन्दा कालो दिनको बताएकी छन्। उनले यस्तो वीभत्स घटना घटाउनेलाई कडाभन्दा कडा सजाय हुने बताइन्।

 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले न्युजिल्यान्डको क्राइस्टचर्च शहरका दुई मस्जिदमा भएका गोलीबारीका घटना निन्दनीय भएको बताएका छन् । 'अहिलेसम्म अवस्थाका बारेमा सम्पूर्ण विवरण नआएको भएता पनि हाम्रो प्राथना तपाईंहरूको साथमा छ' उलने ट्विट गर्दै भनेका छन्।

 

उक्ट घटनामा बंग्लादेशी क्रिकेट टोली बल-बल बचेको छ। गोलीबारीको सूचना पाएलगत्तै केही व्यक्तिको मद्दतबाट उनीहरू भागेर ज्यान बचाउन सफल भएका थिए ।

न्युजिल्यान्ड