विदेश खेल

न्युजिल्यान्ड मस्जिद गोलीबारीपछि बंग्लादेशी क्रिकेटरले भने : हामी अत्यन्तै भाग्यमानी रहेछौँ

न्युजिल्यान्ड मस्जिद गोलीबारीपछि बंग्लादेशी क्रिकेटरले भने : हामी अत्यन्तै भाग्यमानी रहेछौँ

एजेन्सी । न्युजिल्यान्डमा शुक्रबार बिहान भएको गोलीबारीबाट बल-बल बाँचेपछि बंग्लादेशी राष्ट्रिय टोलीका खेलाडीहरूले आफूहरू अत्यन्तै भाग्यमानी भएको प्रतिक्रिया दिएका छन्।

 

शुक्रबार बिहान न्युजिल्यान्डको क्राइस्टचर्च शहर नजिकै दुईवटा मस्जिदमा बन्दुकधारीले अन्धाधुन्ध गोलीबारी गर्दा कम्तिमा ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । यद्यपि प्रहरी अधिकार तथा स्थानीय प्रशासनबाट उक्त घटनामा हताहती तथा घाइते भएकाको विवरण सार्वजनिक गरिएको छैन ।

 

मस्जिदमा गोलीबारीभन्दा केही अघिसम्म बंग्लादेशी क्रिकेट टिम पनि दुईमध्ये एक मस्जिदमा रहेको खुलासा भएको छ । मस्जिदमा हमला हुँदैछ भन्न सूचना पाएलगत्तै केही व्यक्तिहरूको सहयोगमा घटनाभन्दा अगाडि नै मस्जिदबाट सकुसल बाहिर निस्कन सफल भएका छन्। उनीहरू नजिकैको पार्कबाट ओवल मैदान तर्फ लागेका छन् ।

 

उक्त घटनापछि ट्विटरबाट प्रतिक्रिया दिँदै राष्ट्रिय टोलीका एक खेलाडी मुस्फिकुर रहमानले आफूहरू अत्यन्तै माग्यमानी रहेको उल्लेख गरेका छन् । उनले ट्विटमा भनेका छन्, मस्जिदमा भइरहेको गोलीबारीबाट अल्लाहले हाम्रो रक्षा गर्नुभयो, हामी अत्यन्तै भाग्यमानी रहेछौँ। अब यस्तो घटना कहिल्यै देख्न नपरोस्।'

यसअघि बंग्लादेशकै अर्का राष्ट्रिय खेलाडी मोहमद स्लामले गोलीबारीका समयभन्दा अगाडि बंग्लादेशी खेलाडी मस्जिदमै रहेको जानकारी दिँदै केही व्यक्तिको सहयोगमा सकुसल भाग्न सफल भएको बताएका थिए। उनले खेलाडीहरूको भिडियोसहितको एक ट्विटमा हेगले पार्क हुँदै ओभल खेल मैदानमा जान लागेको बताएका थिए ।

न्युजिल्यान्ड मस्जिदमा आक्रमण बंग्लादेश