समाचार

मजदुर बोकेको बस दुर्घटना, दुईको मृत्यु, २० घाइते

मजदुर बोकेको बस दुर्घटना, दुईको मृत्यु, २० घाइते

दोलखा । दोलखामा मजदुर बोकेको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

 

बिगु गाउँपलिका–१ माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत मजदुरलाई कार्यस्थल तर्फ लैजाने क्रममा उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जना गम्भीर घाइते भएका छन् भने बसमा सवार १२ जना सामान्य घाइते भएका छन्। 

 

बा४ख ४५७३ नम्बर बस दुर्घटनामा परेको शसस्त्र प्रहरी बल १८ नम्बर गुल्म चरीकोटका प्रमुख डिएसपी किरन कुमार कठायतले बताए। उनका अनुसार सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लम्जुङ मर्स्यांदी गाउँपालिका–३ का ४४ वर्षीय हिरा प्रसाद निजारको  घटनास्थलमै मृत्यु भएको हो।

 

बाटोमा घुमाउन नसकी बस सडकबाट अन्दजी १५ मिटर तल खसेरको छ। घाइतेहरूको उद्धार कार्यमा प्रहरी र स्थानीयवासी लागेको छन्। घाइतेलाई उपचारका लागि सदरमुकाम चरिकोट लाइँदै गरेको दोलाखाका प्रहरी नायब उपरीक्षक यज्ञनन्द शाहीले बताए।

बस दुर्घटना