विदेश

न्युजिल्यान्डको अल नुर मस्जिदमा गोलीबारी, कैयौँको हताहती

न्युजिल्यान्डको अल नुर मस्जिदमा गोलीबारी, कैयौँको हताहती

एजेन्सी । न्युजिल्यान्डको क्राइस्टचर्च शहरनजिकै रहेको अल नुर मस्जिदमा बन्दुकधारीले अन्दाधुन्ध गोलीबारी गर्दा कैयौँ व्यक्तिको हातहती भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम एपीले जनाएको छ। प्रत्यक्षदर्शीको भनाइ उद्धृत् गर्दै एपीले उक्त घटनामा ठूलो संख्यामा मानिसहरूको हताहती भएको बताएको हो ।

 

न्युजिल्यान्ड प्रहरीले शुक्रबार भएको उक्त घटनाको विवरणहरू सार्वजनिक गरेको छैन । तर प्रहरीले स्थानीयलाई घर बाहिर ननिस्कन सूचना जारी गरेको छ। अहिले प्रहरीले अवस्थालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

 

प्रत्यक्षदर्शी लिना पेनेहाका अनुसार काला बस्त्रधारी अल नुर मस्जित भित्र पसेलगत्तै दर्जनौँ गोलीका आवाज आएका थिए। त्यसपछि मस्जिदबाट मानिसहरू भागाभाग गरेको देखिएको थियो। उक्त घटनामा स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा भएको हो।

 

पाँच वर्षदेखि मस्जिद नजिकै बस्दै आएकी पेनेहाले गोलीबारीपछि बन्दुकधारीहरू बाहिर निस्केर मुख्य सडक तर्फ भागेकाे बताइन्। पेनेहाले उनीहरूले प्रयोग गरेका हातहतियार सेमि अटोमेटिकजस्ता देखिएको बताइन्। उनले आफू बन्दुकधारी भागेलगत्तै मस्जितमा पुगेर सहयोग गर्न थालेको बताइन्।

 

'मैले यहाँ जताततै लासैलास देखेँ। मझेरीमा तीन जना थिए। ढोकामा पनि कयौँको शव थियो भने मस्जिदभित्र पनि धेरै मृत थिए', उनले भनिन्, 'यो मेरा लागि अत्यन्तै अविश्वस्नीय र दुखदायी क्षण थियो। किन कसैले यस्तो वीभत्स घटना घटाउन सक्छ भन्ने बारे मैले बुझ्नै सक्दिनँ। यो एकदमै घृणीत कार्य हो।'

नुजिल्यान्ड