मुख्य समाचार

धार्मिक मान्यताले भन्छ, ‘यात्राबाट फर्केर आउँदा बाटोमा सर्प आउनु अनिष्टको सूचक’

धार्मिक मान्यताले भन्छ, ‘यात्राबाट फर्केर आउँदा बाटोमा सर्प आउनु अनिष्टको सूचक’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिकाबाट फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलमा उत्रिँदा उनका लागि विछ्याइएको रेड कार्पेटमा अचानक सर्प देखा पर्यो । सर्पको रङ हेर्दा गोमन नै जस्तो देखिन्छ । रेड कार्पेटमा सर्प देखिएपछि राष्ट्रपति आउने कार्यक्रमको कभरेज गर्न पुगेका पत्रकारहरुले फोटो पनि खिचे । 

 

भिभिआइपीका लागि विछ्याएको रेड कार्पेटमा एउटा रेप्टाइलले शौभाग्य पाउनुलाई आम रुपमा समान्य मान्न सकिएला । तर धार्मिक मूल्य मान्यताका आधारमा भने यो सामान्य छैन । धर्म, ज्योतिष र नीतिशास्त्रका विज्ञ शालिग्राम ढकालको मतमा यसरी सर्प आउनु अनिष्टको सूचक हो । 

 

'ढकाल भन्छन्,  ‘यात्रामा जाँदा वा फर्किएर आउँदा सामुन्ने सर्प आइमा शुत्रसित भेट हुने, बन्धुबान्धवको हानी वा विनाश हुने सम्भावना हुन्छ । यात्रीको दाहिनेतिरबाट देब्रेतिर सर्प गयो भने कार्यसिद्धी हुँदैन अर्थात विघ्नवाधा हुन्छ ।’

 

बृहत्संहिता, शाकुने विरुतनिरुपणमको १९ औ श्लोकमा लेखिएको छ, ‘ फणिनोऽभिमुखागमोऽरिसंगं कथयति बन्धुवधात्ययं च यातुस् । अथवा समुपैति सव्यभागान्न स सिद्ध्यै कुशलो गमागमे च ।’ यहि पंक्तिकै आधारमा ढकाल यस्तो संकेत गर्छन् ।  अमेरिकामा भएको वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्किएकी हुन् ।