खेल

अमेरिका द्वारा युएईसामु १ सय ५२ रनको लक्ष्य प्रस्तुत

अमेरिका द्वारा युएईसामु १ सय ५२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। संयुक्त अरब ईमिरेट्स भ्रमणमा रहेको संयुक्त राज्य अमेरिकाले पहिलो ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५२ रन बनाएको छ ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा जारी खेल वर्षाका कारण १५ ओभरमा घटाइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ७ विकेटको क्षतिमा उक्त योगफल तयार गरेको हो । इतिहासमै पहिलो पटक टि-२० क्रिकेट खेलेको अमेरिका लागि स्टेभेन टेयलरले ३९ बलमा ९ चौका तथा ३ छक्काको मद्दतमा सर्वाधिक ७२ रन बनाए । जस्करण मलहोत्राले २२ बलमा २८ रन बनाउदा ४ चौका हिर्काए । ६ बलमा २५ रन बनाउदा रोय सिल्भाले १ चौका र ३ छक्का प्रहार गरे । युएईका जाहुर खानले २ विकेट लिंदा मोहम्मद नाविद, सुल्तान अहमद र अशफाक अहमदले समान १/१ विकेट लिए ।