समाचार प्रदेश ७

कैलालीमा विवाहको बसमाथि आगजनी

कैलालीमा विवाहको बसमाथि आगजनी

कैलाली । कैलालीको बडैपुरमा विवाहको बसमाथि आगजनी गरिएको छ । नेपाल बन्दको उल्लघंन गरेको भन्दै विप्लव समूहले विवाहको गाडीमा आगजनी गरेको हो । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ ।

 

यस्तै, भीमदत्त राजमार्गको गोदावरी सडक खण्डमा बन्दका गाडी चलाएको भन्दै रोक्न खोज्ने तीन जना बन्दकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेना जानकारी दिए । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि नेपाल बन्दको घोषणा गरिएको हो । बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको कैलाली प्रहरीले जनाएको छ ।

आगजनी कैलाली विप्लव समूह