फेसबुक ८ घण्टापछि खुल्यो, 'डिडिओएस अट्याक' को शंका

फेसबुक ८ घण्टापछि खुल्यो, 'डिडिओएस अट्याक' को शंका

एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले विश्वभर नै फेसबुकलगायत उसको स्वामित्वमा रहेका अन्य सञ्जालमा समस्या देखिएको बताएपछि फेसबुकले आठ घण्टाको निरन्तर प्रयासपछि उक्त समस्यालाई समाधान गरेको छ। यद्यपि उसका अन्य सञ्जालहरू इन्स्टाग्राम र ह्वाट्सएपमा भने यो समस्या अझै विद्यमान छ।

 

फेसबुकमा देखिएको जटिल समस्याका कारण लाखौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो सञ्चाल प्रयोग गर्न असमर्थ भएका थिए। प्रयोगकर्ताको उजुरीपछि फेसबुकले आफ्नो स्वामित्वमा रहेको तीनवटै सञ्चाललाई 'टोटल ब्ल्याकआउट' गरेर समस्याको समाधानको प्रयास गरेको थियो।

सयुक्त राज्य अमेरिका युरोप अफ्रिकीदेश तथा एशियाका प्राय सबैजसो देशमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्सरले काम गर्न छोडेको थियो। त्यस्तै फेसबुककै स्वामित्वमा रहेको अर्को सामाजिक सञ्जाल ह्वाट्सएपको हालत पनि उस्त थियो।

 

विश्वभर यस्तो समस्याआएको थाहा पाउने बित्तिकै फेसबुकले आफ्नो सिस्टम सट डाउन गरेर कहीँबाट फेसबुकमाथि डिस्ट्रिब्युटेड डेनिल अफ सर्भिस (डिडिओएस) अट्याक भएको हो कि भन्नेबारेमा खोजी गरेको थियो।

 

'हाम्रो फेसबुक एप परिवारमा आएको समस्याका बारैमा हामीहरू एकदमै सचेत छौँ' फेसबुकमा देखिएको समस्याको दुई घण्टापछि ट्विटमा भनिएको थियो 'हामीले समस्याको समाधानको प्रयास गरिरहेका छौँ।'

 

'हाम्रो पूरा ध्यान छिटोभन्दा छिटो समस्या समाधानमा भएता पनि कतैबाट डिडिओस अट्याक भएको हो कि होइन भन्न कुराको पनि खोजी भइरहेको छ' फेसबुकले पछि भनेको थियो।

उक्त समस्याका कारण फेसबुकका प्रयोगकर्ताहरू प्रभावित भएका थिए। खुलेका फेसबुकमा न्युज फिड रिफर्स नहुने समस्या देखिएको थियो भने लगाउट र लग इनमा पनि समस्या थियो। यस्तै समान समस्या इन्स्टाग्राम र म्यासेन्जरमा पनि देखिएको थियो।

फेसबुक इन्स्टाग्राम व्ह्वाट्सएप

संम्बधित खबर