समाचार प्रदेश ६

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार राति श्रीनगरबाट लुहामका लागि छुटेको रा १ त ११५१ नम्बरको ट्याक्टर राति ८ बजे शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।  

 

दुर्घटनामा शारदा नगरपलिका १२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका १ चैवाङ्गजिउलाका १४ वर्षीय अम्बर बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएपछि तत्कालै उनीहरुलाई जिल्ला अस्पताला लगिएको थियो । राति १० बजे उनीहरु दुबैजनाको ज्यान गएको हो । ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खेतमा खसेको थियो ।

ट्याक्टर दुर्घटना सल्यान