रोजगार

सशस्त्रको भर्नामा नयाँ व्यवस्था : अब गण र गुल्मबाटै आवेदन

सशस्त्रको भर्नामा नयाँ व्यवस्था : अब गण र गुल्मबाटै आवेदन

काठमाडौं । सशस्त्र प्रहरी बलले खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने रिक्त पदमा आवेदन दिन चाहने इच्छुक व्यक्तिको सहजताका लागि यो पटकदेखि नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार इच्छुक व्यक्तिले अबदेखि आफूलाई नजिक पर्ने सशस्त्र प्रहरीको कुनै पनि गुल्म, गण, तालिम, केन्द्र र बाहिनीमा आवेदन दिन सक्नेछन् । यसअघि सशस्त्र प्रहरी बलले प्रधान कार्यालय र पाँचवटा बाहिनी कार्यालयबाट मात्र आवेदन लिने गथ्र्यो ।

 

सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखाका प्रमुख डीएसपी दिग्विजय सुवेदीका अनुसार, अब हिमाली जिल्ला मनाङ, मुस्ताङ, मुगु, डोल्पा, रसुवा र हुम्लासहित सात, पहाडी जिल्ला ३० र तराईका २१ गरी ५८ जिल्लाबाट फाराम वितरण र संकलन गरिने छ ।

 

यो नयाँ व्यवस्थाले योग्यता पुगेका इच्छुक व्यक्तिले आफू बस्दै आएको ठाउँ नजिक रहेको तोकिएको सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सक्नेछन् । यसबाट उनीहरूको समय र आर्थिक भारसमेत बचत हुनेछ । साथै यो नयाँ व्यवस्थाले विगतको तुलनामा आवेदन दिनेको संख्या पनि बढ्न सक्ने सशस्त्र प्रहरी बल प्रधान कार्यालयको विश्वास छ । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।

सशस्त्र प्रहरी