मनोरञ्जन

‘ब्रेक अप पछि फेरि मेरो मन कसैलाई माया गर्न तयार छैन’

‘ब्रेक अप पछि फेरि मेरो मन कसैलाई माया गर्न तयार छैन’

काठमाडौं । बलिउड गायिका नेहा कक्कड आफ्नो ब्रेक अपको पीडाबाट केही हदसम्म मुुक्त भएकी छिन् । अब उनी आफ्नो पहिलो माया अर्थात् संगीतमा पूनः फर्किएको अवस्था छ । 

 

अघिल्लो महिना नायक हिमांशुु कोह्लीसँग भएको ब्रेक अप पछि नेहा कक्कड निकै कठिन परिस्थितीमा गुज्रिएकी थिइन । ब्रेक अप हुनुु पहिला दुुवैले लगभग दुई वर्ष एकअर्कालाई डेट गरे । यसबारेमा नेहा भन्छिन्, ‘त्यो समय निकै गाह्रो थियो । हो, म डिप्रेसनमा थिएँ र ब्रेक अपसँगै यसलाई सामना गर्नु सबभन्दा कठिन समय थियो । अहिले म यसबाट बाहिर आइसकेकी छु । सिंंगल हुदाँ जीवनकै सबभन्दा राम्रो क्षण रहेछ ।’

 

उनले भनिन्, ‘जब म हिमांशुसँग सम्बन्धमा थिएँ, तब आफ्नो परिवार र साथीभाईलाई समय दिन पाइरहेकी थिइन । त्यस समय मैले आफ्नो सारा समय र उर्जा त्यही एक व्यक्तिलाइ समर्पित गरेकी थिएँ । जो यसको लायक नै रहेनछ । यत्ति समय दिँदा पनि उसले सधैं म ऊ सँगै नभएको गुनाशो गर्याे । यो नराम्रो सम्बन्धबाट म अघि बढ्नु नै राम्रो भयो ।’

 

नेहा त्यस नराम्रो सम्बन्धका कारण फेरि पनि प्रेम सम्बन्धमा बाँधिन या कसैलाई प्रेम गर्न तैयार नभएको बताउँछिन् । पहिलो पटक टोनी कक्कड, नेहा र सोनु अनप्लग्ड भर्सनको लागि गाउँदै छिन् । यो जत्तिको राम्र्रो जिन्दगीमा अरु केही हुुन नसक्ने उनले बताइन् । 
 

नेहा कक्कड