अर्थ शेयर

आजबाट युनिभर्सल पावरको आईपीओ खुल्ला

आजबाट युनिभर्सल पावरको आईपीओ खुल्ला

काठमाडौँ। युनिभर्सल पावर कम्पनीले शुक्रवारदेखि प्राथमिक शेयर खुला गरेको छ।

कम्पनीले ९३ लाख २७ हजार ४१० कित्ता शेयर खुल्ला गरेको हो। 

 

कम्पनीले यस अघि प्रभावित क्षेत्रका स्थानीयका लागि खुल्ला गरेको तर खरिद नभएको १७ लाख ६६ हजार १५० कित्ता शेयरसमेत समावेश गरेरको छ। कम्पनीले प्रभावित क्षेत्र दोलखा जिल्ला बासिका लागि २१ लाख कित्ता शेयर निष्काशन गरेको थियो।


अहिले कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता शेयर सर्बसाधारणका लागि निष्काशन गरेको छ।

सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन सक्छन्। 

 

कम्पनीले सेयर आवेदनका लागि माघ २९ गतेसम्म अन्तिम मिति तोकेको छ। तर सो अवधिमा शेयर बिक्री पुरा नभए फागुन २६ सम्म आवेदन खुल्ला हुने कम्पनीले जनाएको छ। 

कम्पनीको शेयरमा देशैभरिका आस्वा र सी–आस्वा सेवा प्रदायकबाट शेयर आवेदन दिन सकिने बिक्री प्रबन्धक सिद्धार्थ कायापिटलले जनाएको छ।

युनिभर्सल पावर कम्पनी