व्यापार कर्पोरेट ओटोमोबाइल

परिना बन्यो भारतीय ब्राण्ड भेनसको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता

परिना बन्यो भारतीय ब्राण्ड भेनसको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता

काठमाडौँ । परिना इन्टरनेशनल प्रा.लि भारतको प्रख्यात कम्पनी भेनस इक्विपमेन्टको नेपालको एकमात्र आधिकारिक बिक्रेता बनेको छ । 


आज राजधानीमा एक कार्यक्रमकाबीच परिनाले भेनसको आधिकारिक बिक्रेता नियुक्तको प्रमाणपत्र ग्रहण गरेको हो । योसँगै अब परिनाले भेनस ब्राण्डका सम्पूर्ण उत्पादनहरुको नेपाली बजारमा कारोबार शरु गर्ने भएको छ । 

बिहीबार पत्रकार सम्मेलन आयोजना गरी परिना इन्टरनेशनलका अध्यक्ष तथा प्रबन्ध निर्देशक दीपक आचार्यले आधिकारिक बिक्रेता नियुक्त भई बिक्री प्रारम्भ गरेको जानकारी दिएका छन् ।


‘गुणस्तरीय निर्माणमा हाम्रो अनिवार्य सहभागिता’ भन्ने नारा सहित भेनस ब्राण्डका मेशिनहरु बिक्री भइरहेका छन् । उक्त मेशिनहरु औद्योगिक प्रतिष्ठान, पुल, हाइड्रोपावर, लाइओभर, होटल, हस्पिटल लगायत सम्पूर्ण निर्माणमा उपयोगी हुनेछन् ।

 

भेनस ब्राण्डका उत्पादनहरु एक वर्षको वारेन्टी सहित स्पेयर पार्टस्हरु न्यूनतम मूल्यमा उपलब्ध गराउने परिना इन्टरनेशनल प्रा.लिले जनाएको छ ।

परिना इन्टरनेशनल प्रा.लि