व्यापार कर्पोरेट

सुफत मूल्यमा गुणस्तरिय सुट प्रदान गर्दै ‘क्वालिटि सुट हाउस’

सुफत मूल्यमा गुणस्तरिय सुट प्रदान गर्दै ‘क्वालिटि सुट हाउस’

काठमाडौं । बिबाहको मौसम छ । जताततै इङ्गेज्मेन्ट र बिबाहका सुभ कार्यहरु भैरहेका छन् । यति खेर बजारमा सुनका गरगहनादेखि दौरा सुरुवाल तथा सुटको माग अत्यधिक छ । हाट बजारदेखि सर्टिङ–सुटिङ्ग टेलर्सहरुमासमेत उपभोक्ताहरुको बाक्लो भिड छ ।  


यस्तो समयमा उपभोक्तहरु ठगिने संभावना उत्तिकै रहन्छ । नबुझी जहाँ पायो त्यहि सामान किन्दा ठगिन सक्छ । त्यसैले हामी सचेत हुन जरुरी छ ।  

 

यहि उपभोक्ताहरुको हितलाई ध्यानमा राख्दै काठमाडौंको चाबहिलमा सुफत मूल्यमा गुणस्तरिय सर्टिङ–सुटिङ्ग सेवा दिने उद्देश्यले क्वालिटि सुट हाउस सञ्चालनमा आएको छ । 
यसलाई दोलखाका सफल युवा व्यवसायी किशोर नेपालीले ७५ लाखको लगानीमा संचालनमा ल्याएका हुन् । 

 

चाबहिलस्थित कृषि विकास बैंकको शाखा नजिकै रहेको यो सुट हाउसले ग्यारेन्टीका साथ भरपर्दो सर्टिङ सुटिङ सेवा प्रदान गर्दै आएको छ । यहाँ महिला तथा पुरुषका लागि सर्टिङ सुटिङको सम्पूर्ण सेवा उपलब्ध छ ।

सुट हाउसमा इटालियन, पिटर इङ्ल्याण्ड, बिमल, मोन्टेकार्लो, मयुर, शियाराम, रेमण्डलगायत विभिन्न कपडा उपलब्ध छन् । हाउसले विदेशी तथा स्वदेशी ब्राण्डका कपडाको रेडिमेट तथा अर्डरअनुसार पोशाकहरु समेत उपलब्ध गराउँदै आएको छ ।

 

‘सुट हाउसले ब्राण्डेड कपडाका आकर्षक पोशाक ग्यारेन्टीका साथ उपलब्ध गराउदै आएको छ । उनले भने, ‘यहा सिलाएको तथा यहाँबाट लगेको रेडिमेड सुटमा भुवा आएमा, कलर गएमा वा कुनै कैफियत देखिएमा फिर्ता गरिदिन्छौं ।’ 

नेपालीका अनुसार क्वालिटि सुट हाउसले ग्राहकले चाहेको खण्डमा ८ घण्टामै सुट तयार समेत गर्छ ।

 

सुट हाउसमा ८ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँभन्दा बढी मूल्यका सुट उपलब्ध रहेका छन् ।
हाल सञ्चालनमा आएको अवसरमा सवैखाले सर्टिङ सुटिङ सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको प्रोपाइटर नेपालीले जानकारी दिएका छन् ।

 

यसअघि दोलखाको चरिकोट र बागबजारमा समेत टेलर्स संचालन गरिसकेका नेपालीले चाबहिल र यसका आसपासका क्षेत्रका सेवाग्राहीलाई सुफत मूल्यमा क्वालिटिको सेवा दिने उद्देश्यले तेस्रो सुट हाउस खोलेका हुन् । 

क्वालिटि सुट हाउस