स्वास्थ्य

यी हुन्, चिसो मौसममा खान सकिने स्वास्थ्य बर्दक खानेकुरा

यी हुन्, चिसो मौसममा खान सकिने स्वास्थ्य बर्दक खानेकुरा

एजेन्सी : जाडो मौसममा हड्डीलाई न्यानोपन प्रदान गर्न, आफूलाई रुघाखोकीबाट मुक्त राख्न तथा आफ्नो परिवारको प्रतिरक्षण क्षमता बढाउन विशेष खानेकुरामा ध्यान दिनु पर्दछ । यो बेला स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनुपर्छ । हरियो सागपात राम्रो भोजन हो, कारण यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक पदार्थ पर्याप्त मात्रामा हुन्छ ।

 

रंगिन फुड बास्केट सुन्दर र आकर्षक मात्र देखिँदैन यसले जाडो मौसममा यसको पोषक तत्वले पूर्ण आहार पनि प्रदान गर्छ । अतः जाडो मौसममा दैनिक जसो भेराइटीका खाना खाने गर्नेले स्वस्थ र फिट रहन सघाउँछ ।

 

यस्ता छन् जाडोमा खाने खानेकुरा :

 

कम चिनी भएको गाजरको खिर : जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ ।

 

सिट्रस फल : यसबाट भरपूर भिटामिन सी प्राप्त हुन्छ । यिनको सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले रुघाखोकीसित लड्ने शक्तिसमेत प्रदान गर्छ ।

 

तातो भोजन : जाडो मौसममा सामान्य तापमानको भोजन सेवन गर्नुपर्छ । मुटुका रोगीले तेलयुक्त एवं तारेको खाद्यपदार्थको सेवनबाट जोगिनुपर्छ। नुनको सेवन पनि नियमित मात्रामा गर्नुपर्छ । खाना पकाउँदा रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाउनुपर्छ।

 

मधुमेहका विरामीले नियन्त्रित चिनी : मधुमेहका रोगीले चिनीको सेवन नियन्त्रित रूपमा गर्नुपर्छ भने रिफाइन्ड कार्बोहाइड्रेटको सेवनबाट जोगिनुपर्छ र कम्प्लेक्स कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ अर्थात् गहुँ, जौ एवं मल्टिग्रेन आटाको प्रयोग स्वास्थ्यका दृष्टिले फाइदाजनक छ ।

 

हरियो सागपात फलफूल :  जाडोमा हरियो सागपात एवं अन्य फलफूलको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि सही मात्रामा कायम रहन्छ ।

 

तरल पदार्थको भरपूर सेवन : पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । बालबालिका तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम आदिको सेवनबाट जोगिनुपर्छ ।

 

कम चिल्लो पदार्थ : जसले जाडो मौसममा शरीरको तौल कम गर्ने चाहना राख्छन् उनीहरूले चिल्लो पदार्थ सेवन गर्नु हुँदैन । उनीहरूको आहारमा फाइबर, फलफूल, सलाद एवं तरल पदार्थ पर्याप्त मात्रामा हुनुपर्छ । अन्न, मल्टिग्रेन आटा, ब्राउन ब्रेड तथा उच्च फाइबरयुक्त बिस्कुट पनि तौल कम गर्न सहयोगी हुन्छन् ।

 

मौसमी फलफूल : अम्बा, गाजर, स्याउ, हरिया सागपात, सुन्तला र काँक्रा फाइदाजनक हुन्छन् । घरमा बनेको टमाटर, मिक्स भेजिटेबल र हरिया सागपातको सूप बजारमा पाइने प्याकेटको सूपभन्दा लाभदायक हुन्छ ।

 

नियन्त्रित खाना : जाडोमा कतिपय मानिस सोच–विचार नगरी बढी मात्रामा खान्छन् । प्रायस् मानिसलाई के खाने र कति खाने भन्ने ज्ञान हुँदैन ।

चिसो बढ्यो चिसोमा के खाने